हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसमा एक्सेसका सूचकमा छलफल

भरतपुर, चितवन । बचत तथा ऋण सहकारी संस्थाहरूको अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता कार्यक्रम ’एक्सेस’ (ACCESS) ब्रान्डिङ अन्तर्गत प्राविधिक मुख्य सूचकहरूमाथि केन्द्रित रही सघन स्थलगत सुपरिवेक्षण तथा प्रतिवेदन समीक्षा कार्य असार १५ गते सम्पन्न भएको छ । नेफ्स्कूनका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेद्वारा हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. मा सम्पन्न स्थलगत अन्वेषणका क्रममा संस्थागत सुशासन, प्रविधि सुरक्षा, कानुनी परिपालना र आन्तरिक नियन्त्रण प्रणालीका मुख्य मापदण्डहरूमाथि गहन समीक्षा गरिएको थियो । 

सुपरिवेक्षण पछिको प्रतिवेदन छलफलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेल र वित्त प्रशासन प्रमुख तुलसीराम धिताल, वरिष्ट सहायक मिलन पौडेलको सक्रिय सहभागिता रहेको थियो । सो अवसरमा स्थलगत सुपरिवेक्षणका सूचकहरूले आगामी वर्षको नीति तथा कार्यक्रम तय गर्न र संस्थाको प्राविधिक सुदृढीकरणमा खेल्ने भूमिकाका विषयमा व्यवस्थापनमा  साझा बुझाइ कायम गरिएको थियो ।

एक्सेस सुपरिवेक्षणका क्रममा मुख्य गरी सहकारीको गुणात्मक विकासका लागि तय गरिएका स्थापित सूचकहरू तथा ’सिकाइ एवं वृद्धि’, ’वित्तीय दृष्टिकोण’ र ’सफ्टवेयर सुरक्षा’ अन्तर्गत विभिन्न नीतिगत तथा व्यावहारिक विषयहरूमा विस्तृत विमर्श भएको छ । छलफलका क्रममा  प्रणालीगत प्रतिवेदन क्षमतालाई बलियो बनाउन राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्ने, मोबाइल बैंकिङमा ’सिम बाहक प्रमाणीकरण’ (Sim Owner Verification)  प्रणाली अनिवार्य गर्ने तथा पारिवारिक विवरण (Family Tree) लाई अद्यावधिक गर्ने सूचकहरुमा छलफल भएको थियो ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ र सहकारी विभागको पाँचौँ संशोधन बमोजिम आन्तरिक कार्यविधि परिमार्जन गर्ने, उच्च जोखिममा रहेका सदस्यहरूको विवरण (PAN) दोस्रो परिचयपत्र, आयस्रोत) वार्षिक रूपमा अद्यावधिक गर्ने, र सदस्य जोखिम वर्गीकरण प्रतिवेदनको  रिपोर्टिङ  विषयमा सघन छलफल भएको थियो । 

संस्थागत सुशासनतर्फ सञ्चालक समितिको वार्षिक स्व–मूल्याङ्कन, सम्पत्ति विवरण, र सन्तव्यासको स्वघोषणा (Fit & Proper Form) संघको एमआईएस (MIS) मा अद्यावधिक गर्ने तथा आगामी साधारण सभाबाट बचत तथा ऋण नीति परिमार्जन गर्ने विषयमा छलफल भएको थियो ।

ऋण सदुपयोगिता निरीक्षणको दायरा बढाउने,  ’५ एस’ परीक्षण गर्ने , ’ब्रान्ड माइन्डसेट’, ’कर्मचारी निर्देशिका’ (Employee Handbook), संस्थाको वेभसाइट युजर इन्टरफेस, र डिजिटल सदस्य वडापत्र अद्यावधिक गर्नुका साथै  सदस्य सन्तुष्टि सर्वेक्षण प्रतिवेदन तयार गर्ने रणनीतिक विषयहरूमा समेत गहन छलफल भएको छ ।
 
भर्खरै
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत अष्टलक्ष्मी साकोसको स्थलगत सुपरिवेक्षण

१ दिन अगाडि

मर्चुवारमा नेफ्स्कूनको अभिमुखिकरणः सहकारीलाई दिगो बनाउन संस्थागत विकास र सुशासनमा जोड
मर्चुवारमा नेफ्स्कूनको अभिमुखिकरणः सहकारीलाई दिगो बनाउन संस्थागत विकास र सुशासनमा जोड

१ दिन अगाडि

किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल
किसान साकोस नवलपुरमा एक्सेसका सूचकहरुमा छलफल

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत जनसचेतन साकोसको स्थलगत अनुगमन
स्क्यान कार्यक्रम अन्तर्गत जनसचेतन साकोसको स्थलगत अनुगमन

१ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

२ दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

२ दिन अगाडि

सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
सुरक्षित साकोसको एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

८ दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

पाठकबाट थप