रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा रुपन्देही जिल्लाको कोटहिमाई गाउँपालिका, मर्चुवार स्थित सभाहलमा ‘सदस्यता तथा स्क्यान कार्यक्रम अभिमुखीकरण’ असार १४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल प्रमुख व्यक्तित्वका रूपमा उपस्थित रहनुभएको थियो भने कोटहिमाई गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह तथा जिल्ला सहकारी संघ, रुपन्देहीका महासचिव दामोदर पंगिनीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारी ले गर्नुभएको थियो । सहकारीको अवधारणा, मूल्य–मान्यता, सिद्धान्त, केन्द्रीय संघको भूमिका, नियमित अनुगमन तथा निरीक्षण कार्यक्रम, सदस्यता विस्तार तथा संस्थागत सुदृढीकरणका विषयमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा २४ वटा बचत तथा ऋण सहकारी संस्थाका ४० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष चन्द्र प्रसाद ढकाल ले वर्तमान परिवर्तित कानुनी तथा नियामकीय वातावरणमा सहकारी संस्थाहरूलाई दिगो, पारदर्शी र उत्तरदायी बनाउँदै सञ्चालन गर्न केन्द्रीय संघको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । नेतृत्व तहले सुशासन, संस्थागत विकास, सदस्यको बचतको सुरक्षा तथा जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्दै कार्य गर्नुपर्नेमा विशेष जोड दिनुभयो । त्यसैगरी जिल्ला सहकारी संघ, रुपन्देहीका महासचिव दामोदर पंगिनी ले समयानुकूल व्यवस्थापन, गुणस्तरीय तथा प्रतिस्पर्धी सेवा प्रवाहमार्फत सदस्य सन्तुष्टि अभिवृद्धि गर्न संस्थाहरू नेफ्स्कूनमा आबद्ध भई नियमित मूल्याङ्कन तथा स्तरीकरण प्रक्रियामा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कोटहिमाई गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख अजय सिंह ले सहकारी संस्थाहरूले सदस्यलाई उद्यमशीलतासँग जोड्दै सदस्यको बचतको सुरक्षा, सुशासन तथा दिगो संस्थागत विकासका लागि संघसँग सहकार्य गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सहभागीहरूले अभिमुखीकरण अत्यन्त उपयोगी, समयसापेक्ष तथा व्यवहारिक रहेको प्रतिक्रिया दिँदै नेफ्स्कूनसँग आबद्ध भई संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सहकारी अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।
कार्यक्रमको समग्र व्यवस्थापन नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालय प्रमुख कल्पना भण्डारी तथा नेफ्स्कूनका कर्मचारी चिरन खत्री ले गर्नुभएको थियो ।
१५ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
२ दिन अगाडि
८ दिन अगाडि
१२ दिन अगाडि