नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

दोलखा । बैतेश्वर गाउँपालिका–३, खावा, दोलखा स्थित नवजनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरीवेक्षण असार १० गते सम्पन्न भएको छ । 

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरीवेक्षणलाई प्रभावकारी रूपमा अघि बढाइएको नेफ्स्कूनले जनाएको छ । सुपरीवेक्षणको मुख्य उद्देश्य बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्थाको मूल्यांकन गर्नु, सदस्यहरूले पाउनुपर्ने सेवा–सुविधाको समीक्षा गर्नु तथा संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका क्षेत्र पहिचान गरी आवश्यक सुझाव प्रदान गर्नु रहेको छ ।

यसका साथै, भाखा नाघेका ऋणहरूको कानुनी प्रक्रियामा लैजाने विषय, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्यांकन तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि सुपरीवेक्षणको उद्देश्य रहेको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदी को नेतृत्वमा सम्पन्न सुपरीवेक्षण कार्यक्रममा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाको विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारण नीति, नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था, पूँजी पर्याप्तता अनुपात (ऋबउष्तब िब्मभत्रगबअथ च्बतष्य) विश्लेषण लगायत संस्थाको समग्र वित्तीय अवस्था र सदस्यलाई उपलब्ध गराइएका सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरीवेक्षणका क्रममा प्राप्त सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी क्रमशः कार्यान्वयनमा लैजाने प्रतिबद्धता संस्थाको तर्फबाट व्यक्त गरिएको छ ।
 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप