नेफ्स्कून अध्यक्ष ढकालद्वारा पोखरामा सहकारी सम्बन्धी वृहत अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष ढकालद्वारा पोखरामा सहकारी सम्बन्धी वृहत अन्तरक्रिया

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले  सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्ड तथा निर्देशनको मस्यौदा तथा तिनमा साकोस अभियानको धारणा सम्बन्धमा  पोखराका सहकारीकर्मीहरुसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँले सहकारी क्षेत्रको समुन्नतिका लागि सहकारी मैत्री अध्यादेश र मापदण्ड बन्नुपर्ने आवाज देशव्यापी रुपमा उठेको प्रष्ट पार्नुभयो । 

नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा आज पोखरामा आयोजित व्यवसाय प्रवर्धन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले सहकारीको विकास, प्रवर्धन तथा समुन्नतिका लागि निर्माण गरिने कानूनहरु तथा जारी गरिने नियामकीय प्रबन्धहरु सहकारी फ्रेण्ड्ली हुनुपर्ने वताउनुभयो । उहाँले सहकारी अध्यादेशले थपेको केही मुख्य अड्चन तथा केन्द्रीय बैंकको निर्देशन तथा मापदण्डका केही उल्झनका सम्बन्धमा नेफ्स्कूनले अभियानको साझा धारणा, सुधार र संशोधनमार्फत समेट्नुपर्ने विषयहरु जानकारी गराइसकेको अवस्थाबारे सहकारीकर्मीहरुलाई अवगत गराउनुभयो । 
 
कास्की जिल्ला बचत संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा  पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी, सिएमसी कास्कीका अध्यक्ष मोहन प्रसाद अधिकारी, नेफ्स्कूनका निवर्तमान सञ्चालक  चण्डी प्रसाद शर्मा पौडेल, नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य द्वय रुद्र नाथ पौडेल र टिकाराम आचार्यको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले गर्नुभएको थियो भने नेफ्स्कूनको समग्र वस्तुस्थितीको बारेमा जानकारी सेवा कार्यालयका प्रमुख सुरज चालिसेले गराउनुभएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाबाट सञ्चालक समितिका सदस्य, व्यवस्थापक र कर्मचारीहरु गरि कुल ७० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहकारीकर्मीहरुले राख्नुभएको सहकारी सम्बन्धी समसामयिक विषयवस्तुहरुको जिज्ञासाप्रति संघका अध्यक्ष ढकालले सम्बोधन गर्नुभएको थियो ।    

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप