मोरङ । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको असार १२ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा स्थलगत सुपरिवेक्षण प्रभावकारी रूपमा अघि बढाइएको छ । बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विष्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु सुपरिवेक्षण्को उद्देश्य रहेको छ ।
मोरङको पथरी शनिश्चरे वीरेन्द्रनगर चोकको कार्यालय मार्फत झण्डै २९०० सदस्यहरुको सहभागितामा २९ करोड जम्मा सम्पत्ती परिचालन मार्फत वित्तीय आवश्यकता पुरा गर्दै सदस्यहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्य सहित संचालनमा रहेको वीरेन्द्रनगर साकोसको स्क्यान (SCAN) र प्रोवेसन (PROBATION) कार्यक्रम कार्यान्वयनको सन्दर्भमा असार १२ गते स्थलगत निरीक्षण एवम् सुपरिवेक्षण गरिएको हो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र प्राविधिक सहजकर्ता सोमनाथ दहाल साथै वीरेन्द्रनगर साकोसबाट सञ्चालक समिति र उच्च व्यवस्थापन लगायत कर्मचारीहरुको उपस्थिति सहितको स्थलगत सुपरिवेक्षणमा विनियम, निति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण नितिको नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपात विश्लेषण लगायत समग्र वित्तीय अवस्था र सहकारीले उपलब्ध गराएको सेवा सुविधाको विषयमा छलफल गरी सुधार गर्ने योजना सहित सुपरिवेक्षकबाट दिएका सुझाबहरूलाई संस्थाको पृष्ठपोषण मानी संचालक समितीको अर्को बैठकमा बृहत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गरीएको छ ।
१ घण्टा अगाडि
१ घण्टा अगाडि
२ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
१ घण्टा अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२४ घण्टा अगाडि