सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

मकवानपुर । नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा हेटौडा ४, मकवानपुर स्थित “सहकारीमा डिजिटल रूपान्तरण तथा नियामकीय पालना सम्बन्धी अनुशिक्षण  कार्यक्रम” असार १२ गते सम्पन्न भएको छ । 

कार्यक्रममा डिजिटल प्रबिधिको प्रयोग, सुचनाहरुको सुरक्षा, अभिलेख व्यवस्थापन,  जोखिम व्यवस्थापन तथा मिरा सफ्टवयरको बजारीकरण, बिशेषताहरुको बिषयमा प्रस्तुतीकरण भएको थियो । 

कार्यक्रमको अध्यक्षता सदस्य सेवा कार्यालय उपसमिति सदस्य राजु गौतमले गर्नुभएको थियो । कार्यक्रममा अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिब बिरेन्द्र ढुंगानाको उपस्थिति रहेको थियो । 

स्वागत मन्तव्य सदस्य सेवा कार्यालय उपसमिति सदस्य आशा कुमारी अधिकारीले गर्नुभएको थियो भने प्रशिक्षण नियोसिस टेक्नोलोजि प्रा.लि. का  प्रमुख मनोज तिवारीले गर्नुभएको थियो ।

सहकारी क्षेत्रलाई विश्वसनीय, प्रतिस्पर्धी र सदस्यमैत्री बनाउन प्रविधिमैत्री सोच, गुणस्तरीय सफ्टवेयरको प्रयोग तथा कर्मचारीहरूको डिजिटल क्षमता अभिवृद्धि आजको प्रमुख आवश्यकता बनेको छ। सूचना प्रविधिको प्रभावकारी उपयोगले सहकारी संस्थाहरूलाई दिगो, सुरक्षित, पारदर्शी तथा आधुनिक सेवामुखी संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यही आवश्यकतालाई मध्यनजर गर्दै विकसित गरिएको मिरा सफ्टवेयर सहकारी संस्थाहरूको वर्तमान आवश्यकता तथा प्रचलित नियामकीय व्यवस्थाअनुरूप तयार गरिएको आधुनिक सहकारी व्यवस्थापन प्रणाली हो। यसले बचत, ऋण, शेयर, लेखा, सदस्य व्यवस्थापन, वित्तीय विवरण तथा विभिन्न नियामकीय प्रतिवेदनहरू छिटो, सहज, शुद्ध र विश्वसनीय रूपमा तयार गर्न सहयोग पुर्‍याउँछ। साथै, डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सहकारी संस्थाको सेवा प्रवाहलाई थप पारदर्शी, मितव्ययी, प्रभावकारी तथा व्यवस्थित बनाउन मिरा सफ्टवेयरले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। यसले संस्थागत सुशासन, वित्तीय अनुशासन तथा निर्णय प्रक्रियालाई थप सुदृढ बनाउँदै सहकारी संस्थाहरूलाई डिजिटल रूपान्तरणतर्फ अग्रसर गराउन सहयोग पुर्‍याइरहेको छ।
 
कार्यक्रममा सहकारी क्षेत्रको डिजिटल रूपान्तरण, नियामकीय पालना, सुशासन, जोखिम व्यवस्थापन तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।  सहकारी संस्थाहरूमा नियामकीय परिपालनको अवस्था सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा मनोज तिवारी ले “अद्यावधिक नियामकीय परिपालन” विषयमा सहजीकरण गर्नुभएको थियो  ।

सहजीकरणका क्रममा उहाँले सहकारी क्षेत्रसँग सम्बन्धित नवीन कानुनी व्यवस्था, नियामक निकायबाट जारी निर्देशन तथा परिपत्र, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, प्रतिवेदन तथा अभिलेख व्यवस्थापन लगायत विषयमा जानकारी दिनुभयो । साथै, सहकारी संस्थाहरूले नियामकीय मापदण्डको पालना गर्दै पारदर्शी, उत्तरदायी र दिगो संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न प्रारम्भिक सहकारी संस्थाबाट ९० जनाको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनका व्यवसाय सहायक ज्योति महतले गर्नुभएको थियो । 

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२४ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

१ दिन अगाडि

लोकप्रिय
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२४ घण्टा अगाडि

पाठकबाट थप