आज १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस, राष्ट्रिय सहकारी महासंघद्वारा विशेष कार्यक्रम आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस, राष्ट्रिय सहकारी महासंघद्वारा विशेष कार्यक्रम आयोजना

काठमाडौं । आज १०३औं, अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’(Driving Inclusive and Sustainable Solutions for a Better World) भन्ने थिमका साथ  विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवस पनि हो ।

आज जुलाई ५ अर्थात हरेक बर्ष जुलाईको पहिलो शनिबार मनाईने अन्तर्राष्ट्रिय सहकारी वर्ष यो वर्ष विश्व सहकारी इतिहासमा खास बर्षको रुपमा रहेको छ । यसै वर्ष विश्वले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत मनाइरहेको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिबार मनाउने प्रचलनको शुरुवात सन् १९२३ बाट शुरु भएको हो भने संयुक्त राष्ट्र संघले सन् १९९५ बाट यसलाई मान्यता प्रदान गरेको हो ।

विश्वभर सहकारीको महत्व, उद्देश्य, सिद्धान्त, सफलता र सम्भावनाहरुबारे जनचेतना, शिक्षा, जागरण र प्रवर्द्धनका कार्यक्रमहरु गरी यो दिवस मनाइँदैछ । यसैबीच, आज मुलुकभरका सहकारीहरुको शीर्ष निकाय राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ विशेष समारोहकाबीच मनाईंदैछ । 

संयुक्त राष्ट्र संघले घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा मनाईंदै गरेको यो दिवस दशकमा एक पटक आउने ऐतिहासिक अवसरको रुपमा विश्वभर मनाईंदैछ । यस दिवसले सहकारीहरुको विश्वव्यापी योगदानलाई उजागर गर्दै समावेशी, दिगो र मानवीय मूल्यमा आधारित सहकारी विकासलाई जोड दिएको छ । 

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ले नाफामुखी व्यवसायका विकल्पको रुपमा सदस्य केन्द्रीत सहकारी आन्दोलनलाई विश्वव्यापी रुपमा स्थापित गर्ने अभिप्राय लिएको र नेपालमा पनि यो दिवस सहकार्य, समावेशीकरण, सुशासन र दिगोपनका आदर्शहरुलाई जीवन्त बनाउने अवसरका रुपमा लिइएको महासंघले जनाएको छ । 

कार्यक्रममा अन्तर्राष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुतीकरण, उद्यमशील महिलाहरुका वास्तविक कथा, सहकारी क्षेत्रका उत्कृष्ट योगदान पुर्याउने संघ संस्थाहरु, कर्मचारी, पत्रकार र व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान लगायतका गतिविधिहरु हुनेछन् । 

अन्तर्राष्ट्रिय सहकारी दिवस अर्थात् कोअप्स् डे विश्वभरका सहकारीकर्मी, सरोकारवाला तथा शुभेच्छुकहरुको सबैभन्दा ठूलो उत्सव हो । अन्तर्राष्ट्रिय सहकारी दिवस विश्व सहकारीकर्मी र सरोकारवालाहरुलाई गोलबद्ध गराउने प्लेटफर्म अर्थात् साझा मञ्च हो । विश्व सहकारी अभियानको गर्विलो इतिहास बोकेको यो दिवस विश्व सहकारीकर्मीहरुको सामूहिक आवाज पनि हो ।

संसारभर छरिएर रहेका ३० लाख सहकारीमा १ अर्ब जनसंख्या (१२ प्रतिशत) आबद्ध छ भने कुल रोजगारीमा यसको हिस्सा १० प्रतिशत रहेको छ । विश्वका ३ सय ठूला सहकारीहरुले वार्षिक २,४०० बिलियन अमेरिकी डलरको कारोबार गर्दछन् ।

सन् १९२३ देखि प्रत्येक जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिदैं आएकोमा संयुक्त राष्ट्र संघीय महासभाले समेत आइसीए स्थापनाको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् १९९५ देखि मनाउने गरी सन् १९९२ मा सोही दिनलाई आइसीए डे घोषणा गरेको थियो । जसअनुसार यो वर्ष जुलाई ५ अर्थात् असार २१ गते शनिवार ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस परेको हो । विश्व सहकारी अभियानको सर्वोच्च निकाय-अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) स्थापनाको करिब २८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।

यसैबीच, अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना सन्देशमार्फत नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानलाई सुशासित, मर्यादित, सदस्य केन्द्रित बनाउँदै यसको छविलाई थप उचाइमा पुर्याउन सबैले हातेमालो गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारी क्षेत्रका विद्यमान समस्या समाधान गरी यसको विश्वसनीयता अभिवृद्धिमा सबैको सकारात्मक साथ र सहयोगको पनि अपेक्षा गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१५ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१५ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१८ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

जनहितकोष साकोसको दोस्रो स्क्यान सुपरिवेक्षण सम्पन्न
जनहितकोष साकोसको दोस्रो स्क्यान सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप