स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

दोलखा । बैतेश्वर गाउँपालिका स्थित चेतनशील क्षमता अभिवृद्धि बचत तथा ऋण सहकारी संस्था लि. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालन गरेको स्क्यान कार्यक्रम अन्तर्गत सम्झौता तथा दोस्रो स्थलगत सुपरिवेक्षण असार २ गते सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व तथा सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्थाको मूल्याङ्कन गर्नु, सदस्यहरूले प्राप्त गर्नुपर्ने सेवा–सुविधाको समीक्षा गर्नु तथा संस्थामा रहेका भाखा नाघेका ऋणहरूको कानुनी प्रक्रियामा जाने विषयमा आवश्यक सुझाव प्रदान गर्नु रहेको छ ।

संस्थाभित्र रहेका सम्भावित त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका क्षेत्रहरूको पहिचान गरी आवश्यक सुधारात्मक सुझाव दिनु, संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिताको मूल्याङ्कन गर्नु तथा प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको अधिकतम प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपायहरूको खोजी गर्नु पनि सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत राजन सुबेदीको नेतृत्वमा सम्पन्न स्थलगत सुपरिवेक्षणमा संस्थाका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । सुपरिवेक्षणका क्रममा विनियम, नीति तथा आन्तरिक कार्यविधिको कार्यान्वयन अवस्था, सम्पत्ति शुद्धीकरण निवारण नीतिसम्बन्धी नियामकीय निकायबाट प्राप्त निर्देशनहरूको परिपालना, भाखा नाघेको ऋण असुलीको अवस्था, पूँजी पर्याप्तता अनुपातको विश्लेषण लगायत संस्थाको समग्र वित्तीय अवस्था तथा सहकारीले सदस्यहरूलाई उपलब्ध गराउँदै आएको सेवा–सुविधाका विषयमा विस्तृत छलफल गरिएको थियो ।

सुपरिवेक्षणका क्रममा प्राप्त सुझावहरूलाई आगामी सञ्चालक समितिको बैठकमा विस्तृत रूपमा छलफल गरी चरणबद्ध कार्यान्वयनमा लैजाने प्रतिबद्धता संस्थाको तर्फबाट व्यक्त भएको छ ।


 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

८ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

३ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

७ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

७ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप