भक्तपुरमा नगरस्तरीय राष्ट्रिय सहकारी दिवस मनाइयो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा नगरस्तरीय राष्ट्रिय सहकारी दिवस मनाइयो 

भक्तपुर । ६७ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लाका चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइएको छ । संघको नगर सहकारी समन्वय उपसमिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भयो । 

भक्तपुर नगरपालिकामा संघको नगर सहकारी समन्वय उपसमितिको आयोजनामा भक्तपुर नगरपालिकाको समन्वयमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले जनताले सहकारीलाई अपनत्व ग्रहण गरी समाज समुदायको विकासमा टेवा पु¥याएको बताउनुभयो । तर केही सहकारीमा आएको समस्याले सहकारी क्षेत्रलाई बदनाम गरेको उहाँको भनाइ थियो । सहकारीमा भ्रष्टाचार विरोधी आन्दोलन शुरु गर्ने भक्तपुर जिल्ला रहेको बताउदैं उहाँले तुलनात्मक रुपमा भक्तपुरको सहकारी राम्रो भएपनि केही सहकारीमा समस्या रहेकोले निरन्तर अनुगमन गर्दै आएको बताउनुभयो । उदाहरणीय हुनको लागि शिक्षा, स्वास्थ्य, कला संस्कृति मात्र राम्रो भएर हुर्दैन समग्र सबै क्षेत्र उदाहरणीय हुुन आवश्यक भएकोले सहकारी क्षेत्र पनि उदाहरणीय हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले सहकारीसमेतको सहयोगले भक्तपुरमा अक्सिन प्लान्ट स्थापना भएको स्मरण गर्दै भक्तपुर नपाले निःशुल्क अक्सिजन र रगत उपलब्ध गराईरहेको कुरा बताउनुभयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको शारदानगरमा बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै यस बर्ष ६७ औं राष्ट्रिय सहकारी दिवस “सहकारीमा सुशासनः प्रविधि र एकीकरण“ भन्ने नाराका साथ मनाइएको बताउनुभयो । सहकारी सुशासनमा संचालनको प्रत्याभूति तथा प्रतिवद्ध गराई सहकारी प्रविधिका आधारमा संचालनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । संघले स्वेच्छिक एकीकरणलाई  समर्थन गर्दै आएको तर फोस्र्ड मर्जले सहकारीको मर्म मर्ने भएकोले उक्त पक्षमा संघ नरहेको उहाँले बताउनुभयो ।

संघका सचिव एवं नगर सहकारी समन्वय उपसमिति संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियामन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न÷गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नियामक निकायले सहकारीमा ठग्नेलाई नियम अनुसार कार्वाही गरी सदस्यको बचत रकम सुरक्षित गर्नुपर्ने विचार राख्नुभयो । समाज विकासमा सहकारीले खेलेको भूमिकाको चर्चा गर्दै उहाँले हालको सहकारी समस्या समाधान गर्न नियामक निकाय गम्भिर भएर लाग्नुपर्ने बताए । प्रभातफेरी कार्यक्रमको संचालन उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा ७१ संस्थाबाट २ हजार बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप