सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) संग गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि। भेरीगंगा १२, सुर्खेत र भविष्य उज्वल बचत तथा ऋण सहकारी संस्था लि। भेरीगंगा ४, सुर्खेत का दुइ साकोसहरु नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) मा पुष ८ गते आबद्ध भएका छन ।
यो कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरूको वित्तीय सुशासन, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता कायम गरी सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ लागू गरिएको हो ।
सहकारी ऐन, २०७४ द्वारा प्रदान गरिएको कानुनी आधारमा सम्पन्न सम्झौता अनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। स्क्यान कार्यक्रम अन्तर्गत अब ती सहकारीहरूले नेफ्स्कूनद्वारा स्वीकृत तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रणाली मार्फत नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन, आन्तरिक नियन्त्रण परीक्षण तथा सेवा प्रवाहका गुणस्तरीय मापदण्डमा आधारित निरन्तर अनुगमन प्राप्त गर्नेछन्।
नेफ्स्कून सुर्खेत सदस्य सेवा कार्यालय इन्चार्ज मदन कुमार चन्द र गंगामाला स्वावलम्बन विकास साकोसका प्रमुख कार्यकारी अधिकृत हिरालाल घर्ती र सचिव भरत ढकाल को रोहबरमा प्रथम पक्ष नेफ्स्कून, कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष गंगामाला स्वावलम्बन विकास साकोसका अध्यक्ष गोकर्ण बहादुर गुरुङ को र भविष्य उज्वल साकोसका व्यवस्थापक विनोद वली र पुर्ण बहादुर खड्का को रोहबरमा प्रथम पक्ष नेफ्स्कून, कार्यक्रम अधिकृत प्रविण अधिकारी र दोस्रो पक्ष भविष्य उज्वल साकोसका अध्यक्ष मान बहादुर ठकुरीको हस्ताक्षर गरि दुइ साकोसहरु संग नियमित निरिक्षण अनुगमन कार्यक्रम (स्क्यान) मा सम्झौता सम्पन्न भएको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि