अकू फोरम २०२५ फिलिपिन्सको मनिलामा हुँदै, फोरम सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई अकूको आव्हान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू फोरम २०२५ फिलिपिन्सको मनिलामा हुँदै, फोरम सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई अकूको आव्हान

काठमाडौं । फिलिपिन्सको मनिलामा आयोजना हुन गईरहेको एशियाली क्रेडिट युनियन फोरम, २०२५ सहभागिताका लागि एशियाली ऋण महासंघ अकूद्वारा आव्हान गरिएको छ । फिलिपिन्सको राष्ट्रिय सहकारी महासंघ (NATCCO) र क्रेडिट सहकारी महासंघ (PFCCO) को संयुक्त आयोजनामा २०८२ भाद्र २३ देखि २८ गते (सेप्टेम्बर ८ देखि १३) सम्म फिलिपिन्सको क्राउन प्लाजा मनिला ग्यालेरियामा एसियाली क्रेडिट युनियन फोरम २०२५ हुँदैछ । अकूद्वारा प्रि फोरम र फोरमहरुमा सहभागिताका लागि विभिन्न देशबाट ईन्छुक सहकारी संघ संस्थाहरुलाई आव्हान गरिएको हो । अकूको सदस्य संघ नेफ्स्कूनले पनि अकूको प्रि फोरम, फोरम सहभागिताका लागि आबद्ध सदस्य संघ संस्थाहरुलाई पत्राचार मार्फत जानकारी समेत गराईसकेको छ ।  

फोरममा सहभागी एशियाली मुलुकका सहकारीकर्मीहरुलाई ठूलो खुसी र उत्साहका साथ फिलिपिन्सको राष्ट्रिय सहकारी महासंघ र क्रेडिट सहकारी महासंघले स्वागत गर्ने तयारी गरेको अकुले जनाएको छ । अकूले भनेको छ, “यस बर्षको फोरम विशेष महत्वपूर्ण छ, किनकी “सहकारीहरूले राम्रो संसार निर्माण गर्छन्” भन्ने विषयलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ मनाउँदैछौं । अकू फोरम २०२५ केबल सहकारीकर्मीहरुको भेला मात्र नभएर एशियाभरका सहकारी अभियानलाई सुदृढ पार्न समर्पित छ । फोरमले सहकारी मन, अनुभव र दृष्टिकोणहरूको अनुसरण गर्नेछ, सफलताका कथाहरु सेयर गर्नेछ र नवीन रणनीतिहरुको अन्वेषण गर्नेछ । फोरमले सहकारीहरूको रूपान्तरणकारी प्रभावलाई सुदृढ पार्ने, वित्तीय समावेशीकरण, सांस्कृतिक आदानप्रदान र सहकारी आन्दोलनप्रतिको सामूहिक ऐक्यबद्धतालाई जोडदिनेछ ।” 

प्रि फोरम कार्यशाला सेप्टेम्बर ८–१०, २०२५ मा हुँदैछ । यसमा सदस्य राष्ट्रहरुका सिईओ तथा महाप्रवन्धकहरु, क्रेडिट युनियन कार्यकारी समाजका प्रतिनिधिहरु, सहकारीको महिला तथा युवा नेतृत्वहरुको सहभागिता रहनेछ । फोरममा विभिन्न समसामयिक विषयमा प्यानल छलफल तथा ब्रेकआउट सत्रहरु सञ्चालन हुनेछन् ।  

विश्वभरका सहकारी गतिविधिहरुको छलफलको लागि यो एक प्लेटफर्म हो भने त्यो भन्दा बढी, यो कार्यक्रम उत्सव हो । एसियाली क्रेडिट युनियन फोरम २०२५ सहभागिताका लागि आवेदन दर्ता गर्नुहोस् । मे १५, २०२५ वा त्यसभन्दा अघि USD १०० दर्ता छुटको सुविधा सहित आफ्नो स्थान समयमै सुरक्षित गर्नुहोस् । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप