‘नेफ्स्कून साकोस अभियानलाई एकढिक्का बनाएर अगाडि बड्न तयार छ’  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेफ्स्कून साकोस अभियानलाई एकढिक्का बनाएर अगाडि बड्न तयार छ’  

चन्द्र प्रसाद ढकाल
अध्यक्ष, नेफ्स्कून

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले २१औं स्थापना दिवस मनाईरहँदा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको छ । यतिबेला सहकारी अभियान एउटा टर्निङ पोइन्टमा पुगेको छ । सहकारीमा समस्या छन्, त्यसको समाधान गर्ने र निकास दिने मान्छेहरु नै स्वयं समस्या छन् भन्दै हुनुहुन्छ । अब समस्या छन्, भन्ने मात्रै हो कि निकासको प्रभावकारी पहल गर्ने हो भन्ने मेरो प्रश्न हो ? सहकारी संस्थाको नियमन तथा अनुगमनका लागि ९४४ वटा निकाय हुँदा समेत नियमन नहुनु र सहकारीमा विकृती देखिनु, यसको जिम्मेवार को हुन्छ ?

सहकारीमा विद्यमान परिस्थिति कसैको कल्पनाका विषय होलान्, साच्चै सहकारीको नेतृत्वमा रहनुभएका सहकारी अभियन्ता र सहकारीकर्मीहरुको भावनालाई कसरी सम्बोधन गर्ने हो ? त्यो निकास दिने ठाउँमा बस्नेले पक्कै बुझ्नुहुन्छ भन्ने विश्वासमा वास्तविक रुपमा आम सहकारी अभियन्ताहरु रहेका छौं । ७७ वटै जिल्ला भित्रको विषय अहम छ, के सबै जिल्ला भित्रको सहकारी परिभाषामा सबैले आ आफ्नो भूमिका पुरा गर्नुभएको छ ? म नेफ्स्कूनमा रहेर नेफ्स्कूनको भूमिकामा प्रयाप्त मेहनत गरिरहेको छु । त्यसका लागि मैले मेरो भूमिका गरेको छु, भने समस्या हुँदै होइन, सबैले आ आफ्नो भूमिकामा रहेर एकपटक हेरौं ? समस्या दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको छ । निकासका लागि जस्तो सुकै त्याग गर्न तयार छु, सहकारीलाई मुल्य मान्यताभित्र लिएर जान जस्तो सुकै कुरवानी गर्न तयार छु भनेर लाग्ने साथीहरु एकजुट हुनुपर्छ । नेफ्स्कून साकोस अभियानलाई एकढिक्का बनाएर अगाडि बड्न तयार छ । 

हामीले सहकारी संस्थालाई वित्तीय सहकारीको परिभाषाभित्र राखिनुपर्छ भनेको हो । तर २०४८ र २०७४ को सहकारी ऐन कार्यान्वयन नहुँदा सहकारी अभिभावक विहिन बन्न पुग्यो । सहकारी भित्र मोनोपोलि बढ्यो । डुब्लिकेट सहकारीकर्मीहरुले सबै सहकारीकर्मीहरुलाई छपक्कै छोपे । केन्द्रीय नेतृत्वमा रहेकाहरुको आवाज सरकारले सुनेन । आज जसका कारणले समस्या परेको भनिएको छ, जसले गलत गरेको छ, त्यसले उन्मुक्ति पाईरहेको छ । त्यसबाट हामी पीडित भईरहेका छौं । 

सहकारी ऐन कानुनको पूर्ण कार्यान्वयन हाम्रो चिन्ता र चासोको विषय छ । भएका कानुनसँग अभियानले भरोसा र विश्वास गरिरहेको छ । 

सहकारीको पक्षपताी को हो ? सहकारीलाई प्रयोग गरेर आएको को हो भनेर पहिचान गर्न नसक्दा यो स्थिती सृजना हुन पुगेको छ । गैर सहकारी जसले सहकारीको झण्डा बोकेका छन् ती बाट हामी प्रताडित छौं । 

आज सरकारबाट सहकारी क्षेत्रले पाउनुपर्ने न्याय पाएको छ त ? सहकारी क्षेत्रभित्र राज्यको रेस्पोन्सिबीलिटी के हो ? त्यो पुरा भएको हो त ? आज पनि हामीले भनेका विषयगत संघहरु छन्, अनुगमन गर्ने व्यवस्थापन छ, तपाईंले आफ्नो काम गर्नुभएको खोई भनेर विषयगत संघहरुलाई कहिल्यै सोधिएको छ त ? सरकारले काम गरेको विषय कहिं कतै देखिएन । अव यसको व्यवस्थापनका लागि अभियानभित्रका साथीहरु बोल्नुपर्ने समय भएको छ र आफूलाई करेक्सन गरेर अब्बल बनाउनुपर्नेछ । 

नेफ्स्कूनले एउटा निर्णायक विन्दुभित्र सरकारलाई पेस गरेको डकुमेन्टमा धेरै विषय सम्बोधन भएका छन् । बचतको सीमाको विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गरेको छ । अहिले ल्याएको निर्देशन प्रारम्भिक सहकारी संस्थाहरुको लागि मात्र हो । कानुनले नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरण हो भन्ने प्रष्ट व्यवस्था गरेको छ । 

अव अभियानभित्र संस्थालाई गुणस्तरयुक्त, स्तरीकृत र सुशासनमा लानको लागि समयसिमा हुन्छ । त्यो अवधिमा संस्थालाई दिगो रुपले अगाडि बढाउन सबै प्रयत्नरत रहनुपर्छ । 

अहिले जति पनि विषयहरुभित्र अभियानलाई दोषारोपण गरिएको छ । अभियान गभर्नेन्समा छैन भनेर पानी माथिको ओभाने बन्ने काम भएका छन् । वास्तवमा गलत भएको कहाँ हो भनेर बुझ्ने प्रयास भएका छैनन् । आज सहकारी ऐन कार्यान्वयन नहुँदा गैर सहकारी तत्वले मौलाउने अवसर पाए । नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशनले बचत ऋण सहकारी संघ संस्थाहरुलाई झनै कन्फ्यूजनमा राख्यो । यसलाई तत्काल चिर्न र अभियानबीचको अन्यौतालाई साम्य पार्न सहकारी नियमन प्राधिकरणले जतिसक्दो छिटो निर्देशन जारी गरोस् र अभियानमा एउटा निकासको मार्ग तयार होस् भन्ने अभियानको माग हो । 

भक्तपुर जिल्ला बचत संघको २१औं स्थापना दिवसका अवसरमा वैशाख २१ गते आयोजित अन्तरक्रिया कार्यक्रमका अवसरमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले राख्नुभएको विचारको सम्पादित अंश ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप