काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दैछ । प्राधिकरण गठन भएपछिको यो पहिलो पत्रकार सम्मेलन हो । सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण गठन गरिएको हो ।
आज कार्यालयको औपचारिक उद्घाटनसँगै प्राधिकरणले बिहान साढे १० बजे पुल्चोक हरिहरभवनस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो । माघ ७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहकारी बोर्ड रहेको पुल्चोक हरिहरभवनस्थित कार्यालयलाई नै प्राधिकरणको कार्यालय केन्द्रीय कार्यालय तोक्ने निर्णय गरेको थियो । सोही बैठकले प्राधिकरण अध्यक्षको नियुक्ति नभएसम्मका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई नै प्राधिकरणको अध्यक्ष तोक्ने समेत निर्णय गरेको थियो ।
अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकारको राजपत्रकाङ्कित प्रथम श्रेणीमा काम गरेको वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था तथा सहकारीमा १५ वर्ष भन्दा बढी काम गरेको व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था अध्यादेशले गरेको छ । सोही अनुरुप विषयगत मन्त्रालयको नेतृत्व गरिरहेका व्यक्तिलाई नै प्राधिकरणको जिम्मेवारी दिँदा काम गर्न सजिलो हुने भएकोले सचिवलाई नै अध्यक्षको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ । प्राधिकरणका सदस्यहरूमा नेपाल राष्ट्र बैंकका एकजना कार्यकारी निर्देशक, मन्त्रालयको सहकारी हेर्ने सहसचिव, एकजना विज्ञ सदस्य र एकजना चार्टर्ड एकाउन्टेन्ट रहने व्यवस्था गरिएको छ । यसैगरी, राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारीहरू प्राधिकरणको स्वतः कर्मचारी बन्ने व्यवस्था अध्यादेशले गरेको छ । सहकारी अध्यादेश मार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।
प्राधिकरणको मुख्य काम
(क) बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यन्वयन गर्ने गराउने,
(ख) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्टयाण्डर्डस्) जारी गर्ने,
(ग) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने, गराउने,
(घ) प्राधिकरणले आफूलाई प्राप्त केही अधिकार रजिष्ट्रार, प्रदेश रजिष्ट्रार र स्थानिय तहको सहकारी हेर्ने अधिकृत मार्फत कार्यन्वयन गर्न गराउन सक्ने,
(ङ) बचतकर्ताको बचत सुरक्षाको सुनिश्चत गर्न आवश्यक कार्य गर्ने, बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमित रुपमा निरिक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने,
(च) नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको नियमकीय परीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउने,
(छ) सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई संघ, प्रदेश र स्थानीय तहमा लागू गर्ने गराउने,
(ज) बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको निरिक्षण गर्न आवश्यकता अनुसार निरिक्षण अधिकारी तोक्ने,
(झ) प्रदेश र स्थानीय तहका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयूत्त रुपमा अनुगमन, नियमन तथा सुपरिवेक्षण गर्ने गराउने,
(ञ) नियमन सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।
१७ घण्टा अगाडि
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१७ घण्टा अगाडि
९ दिन अगाडि