ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम
'सदस्यहरुलाई निरन्तर तालिम र शिक्षासँग जोड्न तल्लीन छ नेफ्स्कून' 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरुलाई निरन्तर तालिम र शिक्षासँग जोड्न तल्लीन छ नेफ्स्कून' 

बुटवल । नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयको आयोजनामा ऋणको कानूनी प्रक्रिया तथा धितो लिलामी तालिम आज बुटवलमा सम्पन्न भएको छ । दुई दिने तालिममा नवलपुर, नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, गुल्मी र प्युठान गरी ७ जिल्लाका ५५ साकोसबाट ७० जनाको सहभागिता थियो । सहभागीहरुले समयको माग अनुरुप तालिम आयोजना गरेकोमा नेफ्स्कूनप्रति कृतज्ञता व्यक्त गरेका थिए । 

तालिम समापनमा  नेफ्स्कून सञ्चालक एवम् संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालले संघको छैठौं रणनीतिक योजनाका लक्ष्यमाथि प्रकाश पार्दै नेफ्स्कूनका कार्यक्रमहरुमा सदस्य संघसंस्थाहरुको सक्रिय साथ र सहभागिताका लागि आग्रह गर्नुभयो ।

उहाँले स्तरीकरण कार्यक्रम तथा स्थिरीकरण कोषमा सबैको सहभागिताका लागि आग्रह गर्नुभयो । स्थिरीकरण कोष सञ्चालन समिति सदस्य समेत रहनुभएकी पौड्यालले साकोस अभियानको सुरक्षा कवचको रुपमा रहने कोष जोखिम सुपरिवेक्षण र व्यवस्थापनको प्रभावकारी अनि दिगो उपाय भएको दाबी समेत गर्नुभयो ।

उहाँले साकोसहरुको प्रविधि आवश्यकता सम्बोधन गर्न संघले विकास गरेको मिरा ईआरपीको प्रयोगका लागि पनि सबैलाई आग्रह गर्नुभयो । यसैगरी, उहाँले सदस्य संघ संस्थाहरुको मागलाई सम्बोधन हुने गरी नेफ्स्कूनले निरन्तर तालिम र शिक्षाका कार्यक्रमहरु आयोजना गर्न तल्लीन रहने जानकारी गराउनुभयो । दुई दिवसीय तालिममा भएको उल्लेख्य सहभागिताबाट हर्षित पौड्यालले यस किसिमको थप तालिम आयोजनाका लागि पनि संघ तयार रहेको जानकारी गराउनुभयो । 

नेफ्स्कूनका कानूनी सल्लाहकार अधिवक्ता शिव अधिकारीले सहजीकरण गर्नुभएको तालिमको समापनामा संघको रुपन्देही सदस्य सेवा कार्यालय व्यस्थापन उपसमितिका पूर्व सदस्य रविन्द्रविक्रम हमालले तालिमको विषयवस्तु अन्यन्त महत्वपूर्ण रहेको सबै साकोसहरुको आवश्यकता अनुरुप भएको र तालिमको सिकाइ उपलब्धिमूलक भएको प्रतिक्रिया व्यक्त गर्नुभएको थियो । साथै उहाँले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरुको सामना गर्न नेफ्स्कून मात्र नभइ प्रारिम्भक संस्थाहरुले पनि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने सुझाव राख्नुभयो ।

तालिममा सहभागीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै त्रिशुल साकोसकी व्यवस्थापक सरिता राना र अन्धकारमुक्ति साकोस पाल्पाका ऋण विभाग प्रमुख रामचन्द्र ढुङ्गानाले सिकाइ महत्वपूर्ण भएको बताउँदै साकोसमा प्रयोगमा ल्याउने जनाउनुभयो ।

कार्यक्रममा नेफ्स्कून साकोस म्यानेजर्स क्लबका पूर्व सदस्य ग्रामीण वाल्मिकी साकोसका व्यवस्थापक अनन्त पाण्डे लगायतको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको उद्घाटन तथा समापन सत्र सञ्चालन संघको रुपन्देही सदस्य सेवा कार्यालय इन्चार्ज कल्पना भण्डारी तथा व्यवस्थापन भुमही सेवा केन्द्र इन्चार्ज नेत्र प्रसाद सापकोटा र कर्मचारी प्रकाश लुहारले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप