जोरपाटी साकोसको १९ औं बार्षिक साधारणसभा
जिल्ला तथा प्रदेश बचत संघहरुलाई अग्रपंक्तिमा राखेर सञ्जाल साझेदारी अघि बढाएका छौं: नेफ्स्कून अध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला तथा प्रदेश बचत संघहरुलाई अग्रपंक्तिमा राखेर सञ्जाल साझेदारी अघि बढाएका छौं: नेफ्स्कून अध्यक्ष

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जिल्ला तथा प्रदेश बचत संघहरुलाई अग्रपंक्तिमा राखेर सञ्जाल साझेदारी कार्यक्रम अघि बढाइएको बताउनुभएको छ ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘नेफ्स्कूनको उद्देश्य जिल्ला तथा प्रदेशस्तरीय बचत संघहरुलाई फ्रन्टलाइनमा राखेर सञ्जाल साझेदारी कार्यक्रम अघि बढाउने हो । यसै अनुरुप हामीले सञ्जाल साझेदारी सम्झौता अघि बढाएका छौं ।’ उहाँले संघीयताको मर्मअनुरुप सबै तहका सरकारसँग सञ्जाल साझेदारीमार्फत साकोस अभियानको सम्बन्ध बाक्लिने विश्वास लिएको दाबी गर्नुभयो ।

‘सबै तहका सरकारसँग साकोस अभियानको पहुँच, सम्बन्ध र प्रभाव बढाउन हामीले सञ्जाल साझेदारी सम्बन्धलाई रिडिफाइन गरेका छौं, ’अध्यक्ष ढकालले भन्नुभयो, ‘यसमा सबैको स्वीकारोक्ति पाएका छौं । सोही कारण सञ्जाल साझेदारी सम्झौतामा सहभागिता बढ्दो छ । जिल्ला र प्रदेशसंघमार्फत स्थानीय र प्रदेशसरकारसँग समन्वय, सहकार्य र सम्झौता अघि बढाउन दुबैको भूमिकालाई अग्रपंक्तिमा राखेर उत्तरदायी बनाउने हाम्रो योजना हो ।’

असोज १२ गते शनिबार जोरपाटी बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभामा नेफ्स्कूनका अध्यक्ष ढकालले संघको नयाँ सञ्चालक समिति निर्वाचित भएपछि नयाँ शिराबाट सञ्जाल साझेदारी कार्यक्रम अघि बढेको उल्लेख गर्दै हिजोको बुझाइमा भएका समस्या र उल्झनहरु अहिले सुल्झिदै गएको दाबी गर्नुभयो ।

यसले जिल्ला र प्रदेश संघहरुलाई पनि थप सबल, सक्षम र सदस्यप्रति उत्तरदायी बनाउने छ । यसले गर्दा सञ्जाल साझेदारीको अर्थ, सामर्थ्य र उपादेयता सबै प्रभावी बन्छ ।’

साकोसका अध्यक्ष महेश आचार्यको सभाध्यक्षता तथा बागमती प्रदेश सस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेफ्स्कून अध्यक्ष ढकालले सहकारीको नेृतत्व कुशल एवम् सहकारी मैत्री व्यक्ति हुँदा संस्थामा समस्या नहुने भन्दै नेतृत्व चयन गर्दा समग्रतामा आफ्नो सही प्रतिनिधित्व हुने गरी छान्नुपर्ने सुझाव राख्नुभयो । एक अर्को प्रसङ्गमा नेफ्स्कून अध्यक्ष ढकालले सहकारी संस्थाहरुको ऋण असुलीमा सेयर सदस्यको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामा बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष केशव प्रसाद दंगाल जिल्ला सहकारी सङ्घ काठमाडौंका अध्यक्ष सुमन केसी, काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका महासचिव निरञ्जन सेडाइ, काठमाडौँ जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका सचिव वीरेन्द्र भण्डारी तथा अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यमा तथा शेयर सदस्य हरूको उल्लेख्य उपस्थितिमा वार्षिक साधारण सभा आयोजना गरिएको थियो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप