बेलायती निर्वाचनमा सहकारी पार्टीका ४३ उम्मेदवार विजयी 
एजेन्सी
- एजेन्सी
बेलायती निर्वाचनमा सहकारी पार्टीका ४३ उम्मेदवार विजयी 

एजेन्सी । बेलायतमा गत ४ जुलाईमा सम्पन्न आम निर्वाचनमा 'कोअप पार्टी' का ४३ उम्मेदवार विजयी भएका छन् । ६ सय ५० सदस्यीय बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा संख्यात्मक हिसाबले 'कोअप पार्टी' ले हासिल गरेको यो अहिलेसम्मको सबैभन्दा ठूलो विजय हो । 

संसदमा अत्यधिक मतसहित विजयी लेबर पार्टीसँग चुनावी तालमेल गरेको 'कोअप पार्टी' का तर्फबाट उम्मेदवार भएका ४९ मध्ये ४३ जना सांसद भएका हुन् । दुई दलले ‘लेबर एण्ड कोअपरेटिभ’ भनेर तालमेल गरेका थिए भने सोही नामबाट ४९ उम्मेदवार निर्वाचनमा उठाएका थिए । 

विश्व सहकारी अभियानको राजधानी भनेर चिनिने रोचडेलको निर्वाचन क्षेत्रबाट पनि पहिलो पटक कोअप पार्टीका उम्मेदवार विजयी भएका छन् । 

स्मरणीय छ, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) की प्रथम महिला अध्यक्ष डेम पलिन ग्रीन पनि लेबर एण्ड कोअपरेटिभको तर्फबाट बेलायतको प्रतिनिधित्व गर्दै विगतमा युरोपेली संसदमा निर्वाचित हुनुभएको थियो ।

यसैबीच, निर्वाचन परिणामबाट उत्साहित कोअप पार्टीका तर्फबाट महासचिव जो फच्र्युनले बेलायतमा अब सहकारितामा आधारित राजनीति शुरु भएको धारणा व्यक्त गर्नुभयो । यो विजयले बेलायतमा सहकारी क्षेत्रमा आवश्यक नीतिगत सुधारहरु सहित यस क्षेत्रको विकास र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कोअप पार्टीले गरेको छ ।

सन् १९१७ अक्टोबर १७ मा स्थापना भएको कोअपरेटिभ पार्टीले आफूलाई बेलायती सहकारी अभियानको पार्टी भएको दाबी गर्दै आएको छ । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप