सहकारी अभियानका प्रेरणादायी महिला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानका प्रेरणादायी महिला

महिला श्रमको समान ज्याला र मतदानको अधिकारको माग गर्दै सन् १८५७ मार्च ८ मा पहिलो पटक संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको एउटा कपडा मिलबाट शुरु भएको महिला आन्दोलनलाई नियाल्दा आज विश्वभरका महिला ले स्वतन्त्र मताधिकारको प्राप्ति गरेका छन् । नेपालको ६ दशक भन्दा बढिको सहकारी इतिहाँसलाई हेर्दा आज सहकारीमार्फत महिला रोजगारी र नेतृत्व तहमा क्रियाशिल महिला सहभागिता देख्न सकिन्छ । सहकारीमा ५६ प्रतिशत महिला सहभागिता छ भने निर्णायक तहमा ४० प्रतिशत सहभागिता छ । ८८ हजार भन्दा बढी महिला सहकारीमार्फत रोजगारीमा छन् भने आय आर्जन र उद्यमशिलताको क्षेत्रमा महिलाका लागि सहकारी क्षेत्रको योगदान उच्च छ । 

आज १ सय ११औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । सहकारी मार्फत समाज रुपान्तरण र आर्थिक सशक्तीकरणका लागि योगदान गर्ने सहकारी अभियानका अग्रणी महिला र व्यवस्थापन तहमा रहेर कुशल व्यवस्थापकीय कौशल प्रदान गर्ने केही महिलाहरुको विचारः

विष्णु दाहाल
अध्यक्ष, जिल्ला सहकारी संघ लि.इलाम

नेपालको सहकारी अभियानमा महिला सहभागिता राम्रो छ । हिजोको दिनमा महिलाहरु साहु महाजनसँग चक्रबर्ती व्याजमा ऋण लिएर घर व्यवहार भताभुङ्ग बनाएका थुप्रै उदाहरण हाम्रा सामु छन् । तर आज गाउँगाउँमा सहकारीको उपस्थितिले महिलाहरुको सहकारीमा आबद्धता र आयआर्जनका लागि ऋण सहयोग गर्ने बलियो आधार खडा भएको छ । 

सन् १९४१ मा महिला मुक्ति आन्दोलनलाई लिएर ७४ बर्षको  उमेरमा योगमाया न्यौपानेको ६८ जना महिलाहरु सहित अरुण नदीमा समाधि लिनुभएको थियो । सोही दिनलाई सम्झेर नेपालका महिलाहरुले राष्ट्रिय नारी दिवस मनाउनुपर्छ भन्ने मलाई लाग्छ । मैले यस विषयमा जिल्लाका विभिन्न कार्यक्रमहरु र स्थानीय निकायमा  पनि आवाज उठाएँ तर सुनुवाई भएन । 
यदि हामीले महिला मुक्ति आन्दोलनमा बलिदानी दिनुभएकी भोजपुरकी योगमाया न्यौपानेको बलिदानीको कदर स्वरुप नारी दिवस मनाऔं नकी अन्तराष्ट्रिय नारी दिवस । आज नेपालमा १सय ११औं अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा यसले समाजका महिलाहरुमा ल्याएको आर्थिक सामाजिक परिवर्तनको मूल्यांकन पनि गर्नुपर्छ । 

अहिले गाउँतहसम्म महिलाहरुको आर्थिक सामाजिक विकासमा सहकारीको योगदान महत्वपूर्ण छ । सहकारीले मात्रै पनि महिलाहरुको आर्थिक सशक्तीकरणको अभियान पार लाग्न सक्दैन । यसले त केवल ससानो आय आर्जन र जिविकोपार्जनका लागि मात्र सहयोग गरेको छ, यस क्षेत्रको विकासमा स्थानीय निकायमार्फत सरकार जोडतोडले लाग्नुपर्छ । संविधान र ऐन नियममा मात्र आर्थिक विकासका तीन खम्बाभित्र सहकारीलाई पारेर र नारामा मात्र सीमित गरेर हुँदैन त्यो किसिमको कार्यान्वय पक्ष बलियो बन्नुपर्छ ।  

सहकारीमार्फत अहिले ईलाममा महिलाहरु ठूलो संख्यामा उद्यमशीलता र आय आर्जनको क्षेत्रमा क्रियाशील छन् । वडा वडामा महिला भेला गराएर सहकारी शिक्षा र वित्तीय सचेतनामुलक कार्यक्रमहरु हुन्छन् । सहकारीमार्फत महिलाहरुले सुलभ व्याजदरमा ऋण लिएर आयआर्जन र जिविकोपार्जनका कामहरु गर्न सफल भएका छन् । यसले सामाजिक, आर्थिक सक्रियतामा स्तरोन्नती भएको छ । रोजगारीमा पनि महिला पहुँच अभिबृद्धि भएको छ । 

सहकारीको विकास र विस्तारका कारण हिजोसम्म घर समाजमा थिचोमिचो सहेर बसेका महिलाहरु आज समाजमा गर्विलो उपस्थितिका साथ अगाडि बढिरहेका छन् । 

मन न्यौपाने
उपाध्यक्ष, ईलाम जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

सहकारी वास्तवमा तल्लो तहसम्म भिजेको छ । यसले सदस्यहरुको छरिएर रहेको बचत संकलन गरेर सुलभ व्याजदरमा उनीहरुलाई नै ऋण प्रवाह गरेको छ । सहकारीमार्फत साना मझौला आयआर्जनका काम पनि भएका छन् । विगतमा साहु महाजनको चक्रबर्ती व्याजको बोझमा बाँचेको निम्न मध्यमवर्गीय परिवारको आर्थिक जीवनस्तर सुधार्न सहकारी राहत बनेको छ । यसकै माध्यमबाट परिवार र समाजमा महिलाहरुको सामाजिक र आर्थिक छवि उकासिएको छ ।

सहकारीले महिलाहरुलाई संगठित भएर न्यायका लागि आवाज उठाउने र एकजुट हुने थलो निर्माण गरिदिएको छ । समाजमा आइपरेका र महिला दिदीवहिनीहरुका आफ्ना पीर व्यथाहरु फुकाउने र सामुहिक समाधानको निकास दिन सहकारीमा आबद्ध समुह मार्फत सहजीकरणको काम भएको छ । सामाजिक, आर्थिक हैसियतको स्तरोन्ती सँगै महिलाहरु राजनीतिक क्षेत्रमा पनि क्रियाशील बनेका छन् । सहकारी आन्दोलनमा क्रियाशिल महिला दिदीबहिनीहरु आज स्थानीय तहहरुमा मेयर उपमेयरको जिम्मेवारी सम्हाल्न सबल हुनुभएको छ । मुलुकको आर्थिक समृद्धिमा सहकारी क्षेत्रको योगदान अतुलनिय छ । तर संविधान र ऐन कानुनमा भएका व्यवस्था केवल व्यवस्थामा सीमित देखिएका छन् । त्यसको कार्यान्वय पक्ष शुन्यप्राय छ । विभिन्न तहगत रुपमा विभाजित सरकारको तर्फबाट सहकारी क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारका लागि ठोस पहलकद्मी भएको छैन । 

सदस्यहरुको व्यावहारिक आर्थिक गर्जो टार्ने भन्दा समय सापेक्ष आर्थिक उन्नती गर्न सहकारी अझै पछि छ । सीपमुलक तालिम, उद्यमशीलता विकास कार्यक्रमहरु पर्याप्त दिन सकिरहेको अवस्था छैन । सदस्यहरुको व्यवसाय अनुरुप लगानी, उत्पादित सामग्रीहरुको बजारीकरण आदि काममा ध्यान पुगेको छैन । स्थानीय निकाय र सहकारीको नेतृत्व तह सबल छ, त्यसलाई कुरामा मात्र होइन व्यावहारिक कार्यन्वयन तर्फ ध्यान दिन सके वास्तवमै नेपालको आर्थिक समृद्धिका लागि सहकारी अभियान कोशेढुङ्गा सावित हुनेछ जसमार्फत समावेशी आर्थिक विकास सम्भव छ । 

विमला बस्नेत
व्यवस्थापक, तरकारी फलफुल साकोस

विशेष दिन अर्थात सम्झन लायक दिन अथवा उत्सव मनाउने दिन सुख, खुसी अनि दुःख सम्झने विर्सने दिन हरेक दिनको पनि विशेष दिन हो दिवस । यस अर्थमा पनि मार्च आठ विश्वभरका महिलाका लागि विशेष दिन एव विशेष पर्व बन्न पुगेको छ । 

पछाडी परेका पारिएका वा संरक्षण गरिनुपर्ने हरेक कुरालाई प्राथमिकतामा राख्नको लागि हरेकका लागि दिवस अवसर बनेर आउन सक्छ,यदि यसो हो भने नेपालको परिवेशमा हरेक विहानी महिलाका लागि मार्च ८ हुनु जरुरी छ । जुन दिन विना आवाज, विना नारा अनी विना प्रचा पम्मप्लेटको हुनेछ । 

यदि साच्चि नै महिला सशक्तीकरण, महिला उत्थान र महिला आत्मानिर्भरताको कुरा गर्ने हो भने त्यो एकमात्र व्यक्तिवाट सम्भव छ त्यो हो महिला । महिलाले महिलाको भावना बुझेर सोही अनुरुप व्यवहार गर्ने हो भने महिला हिंसा, हत्या, असमानता अनी बलात्कारका घटनामा न्यूनीकरण हुन जान्छ भने महिलाहरुको सशक्तीकरणमा बढोत्तरी । जुन शिक्षा छोरालाई दिईन्छ त्यही शिक्षा छोरीलाई पनि दिईन्छ तर छोरीलाई दिइने संस्कार छोरालाई किन दिइदैन असमानता त्यहीवाट शुरु हुन्छ जुन कुराको मुख्य भूमिका त्यही घरकी आमा हुन । 

महिलाको लागि अवसर प्रदान गरिनु आफैमा गर्वको कुरा हो तर कसैले अवसर प्रदान गर्दैमा समग्र महिलाको पहँुच पुगेको मान्न सकिदैन । अवसरको खोजी गर्न सक्ने र जान्ने अनी लिने माध्यम भनेको शिक्षा नै हो, यो हरेक छोरीका लागि अपरिहार्य छ । एकाद महिला अथवा नगन्य मात्रामा उच्च ओहोदा, तह, पदमा पुगेका महिलालाई आधार मान्ने हो भने समयले धेरै कोल्टे फेरको छ हरेक ठाँउमा महिला पुगेका छन, यस सँगै महिलाहरुमा चुनौती पनि थपिएको छ । पुरुष सरह हुँ भनिरहँदा घरपरिवारमा महिलाको जुन प्रकारको भूमिका रहन्छ त्यसको निर्वाह सँगै आफ्नो जीवनबृतिसम्मको बहुजिम्मेवारीले महिला र बच्चाको मानसिक अनी शारिरिक स्वास्थमा कत्तिको असर पुग्ने गरेको छ सोच्न जरुरी छ । हरेक महिलामा शिक्षा सँगै अव सिप हुनु जरुरी छ जुन आत्मानिर्भरताका लागि अपरिहार्य छ ।

सहायक भूमिकामा महिला नै बढि छन्, अर्थसँग सम्वन्धित कुरामा महिलालाई नै विश्वास गरिन्छ र पनि नेतृत्व दायक भूमिका वा मुख्य जिम्मेवारीमा महिला पछि परेको देखिन्छ यसमा यदाकता पढेलेखेको मानसिकता नै महिलाले सक्दैनन हुदैन भन्ने पनि भेटिन्छ यसर्थ कागजी ज्ञान हैन व्यवहारिक ज्ञान अनि सोचको विकास हुनुपर्छ ।

अनि हरेकको चेहरा हैन चरित्र परिवर्तन हुनुपर्छ, पोशाख हैन परिवेशमा परिवर्तन आउनुपर्छ । मानिसको मनोबृत्ति अनी मनस्थितिमा सकारात्मक परिवर्तन सँगै महिला सशक्तीकरणको ढोका खुल्ने छ  । न्युन वर्ग, गरिवी अनि विकटलाई समेट्ने एकमात्र आर्थिक माध्यम सहकारी भइरहदा महिलाहरुलाई पनि समेट्न सक्ने दरो माध्यम यो बन्न सक्छ जसको प्रमाण अधिकाशं कर्मचारीको रुपमा सहकारीमा कार्यरत महिला कर्मचारी भेटिनु नै हो ।

सन्ध्या श्रेष्ठ
व्यवस्थापक, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकार संघ लि.

२०६० सालबाट सहकारी क्षेत्रमा प्रारम्भिक सहकारी संस्थाबाट कर्मचारीको रुपमा कार्य शुरुवात गरी आज नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी संघ लि.को व्यवस्थापक रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्न पाउदाँ गर्व महसुस गरेको छु । सहकारी क्षेत्रमा महिलाहरुको नेतृत्व कार्यालय व्यवस्थापन पक्षमा मात्र सिमित नरहीे सञ्चालक समिति तथा उप–समितिका पदाधिकारीहरुको रुपमा पनि सक्रिय रहेको छ । जस्ले गर्दा महिलाहरुलाई थप जिम्मेवार र दायित्व बोध गराएको छ ।
महिला नेतृत्व महिलाहरुको लागि एक अवसर तथा चुनौति पनि हो । महिलाहरु आफुले आफुलाई सक्षम बनाई महिला नेतृत्वको प्रभावकारिता समेतलाई स्पष्ट पार्नु पर्ने हुदाँ, अझ कठिन रहेको छ । अर्को पक्षबाट हेर्दा महिलाहरु आफ्नो पारिवारीक जिम्मेवारीलाई बहन गर्दै अझ सबल र सक्षम भई संस्थागत  रुपमा पनि सहभागी हुनु आफ्नो सन्तानको लागि प्रेरणादायी कुरा हो भने परिवारको लागि गौरवको कुरा पनि हो । त्यसैले महिलाहरुको नेतृत्वदायी सहभागीले एक पक्षलाई मात्र नभई सम्रग पक्षहरुलाई समेट्न सक्नु प्रमुख कुरा हो ।

महिला नेतृत्व कार्यालय व्यवस्थापन पक्षमा होस् वा अन्य बाह्य प्रशासनिक पक्षमा होस् आफ्नो अस्तित्वलाई बचाउ गदै सक्षमता प्रस्तुत गर्नुपर्ने हुदाँ, ज्यादै जटिल रहेको छ । अझ पनि कति पय अवस्थाहरुमा महिला नेतृत्वलाई स्विकार नगरि पुरुष नै हुनु पर्छ भन्ने धारण कतिपयमा रहेको छ । तर पनि महिलाहरु हरेक चुनौतिको सामना गदै सफल भई आफुलाई प्रस्तुत गर्न सफल रहेको छ । महिला नेतृत्वलाई प्रभावकारी रुपमा अझ अगाडी बढाउनको लागि शिक्षा अत्यन्त जरुरी रहेको हुदाँ, प्रत्येक महिलाहरु शिक्षित हुन आवश्यक छ । साथसाथै नेपाल सरकारको ऐन तथा निति नियमहरुमा महिला सहभागीको प्रतिशत मात्र नतोकी महिला सहभागितालाई प्रोत्साहन गर्ने व्यवस्थाहरु पनि समावेश गदै लग्दा अझ उचित हुनेछ । जस्ले गर्दा आगामी दिनहरुमा महिलाहरुको नेतृत्वदायी सहभागितालाई अझ बढी प्रभावकारी रुपमा अगाडी बढ्नको लागि मनोबल प्राप्त होस् ।   

राधा कडरिया 
व्यवस्थापक, पाँचतारा साकोस, काठमाडौं

सहकारी क्षेत्रमा आवद्ध सहकारी सदस्यहरु मध्ये महिलाको सहभागिता पुरुषको तुलनामा करिव १२ प्रतिशत बढि रहेको भए पनि नेतृत्व तहमा भने महिला सहभागिता अत्यन्तै न्युन रहेको छ भने प्रशासन र व्यवस्थापकिय तहमा त झनै कमजोर सहभागिता रहेको÷गराइएको पाइन्छ । यस अवस्थामा बुझ्नु पर्ने कुरा के छ भने संविधान, ऐन, कानुनले महिलालाई अवसर प्रदान गरेको भए पनि हामीले उक्त अवसरलाई सदुपयोग गर्न सकेका छैनौं साथै सदुपयोग गर्न सक्ने अवस्थामा महिला सशक्तीकरण भएको समेत पाईदैन । अःत महिला आफैले नारी दिवसको नारा अनुररुप नै हरेक चुनौतीलाई सामना गर्न अग्रसर हुँदै राष्ट्रिय समृद्धिमा महिलाले गरेको योगदानलाई उजागर गर्दै थप अगाडि बढ्न जरुरी छ । यसका लागि केवल पुरुषलाई गाली गरेर हैन आफै चुनौतीसंग भिड्न तयार हुनु जरुरी छ । आफ्नै क्षमता अभिबृद्धि गर्ने र प्राप्त अवसरलाई सदुपयोग गर्ने दुवै विषय महिलाका लागि चुनौतीका रुपमा रहेको छ । नारी दिवसले नारीहरुको आत्म सम्मान त बढाउँछ नै, यस दिवसलाई सम्भावनाको मार्गदर्शन गर्ने र महिलाहरुको थप आत्म विश्वास बढाउने गरि शिक्षा दिन, प्रचार प्रसार साथै व्यवस्थापन गर्न सके दिवसको सान्दर्भिकता र महत्व अझ व्यापक हुने आशा गर्न सकिन्छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप