आइसोलेसन भवनका लागि सिन्धु साकोसको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आइसोलेसन भवनका लागि सिन्धु साकोसको सहयोग

सिन्धुली, भदौ १३ । कमलामाई नगरपालिका–६ धुराबजार सिन्धुली स्थित सिन्धु बचत तथा ऋण सहकारी संस्थाले अनुदान सहयोग बचत अभियान सञ्चालनमा ल्याएको छ । सोही अभियान अन्तर्गत संस्था, सदस्य र कर्मचारीहरु मार्फत कोभिड आइसोलेसन भवन निर्माणका लागि रु. ५५ हजार ५ सय ५५ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

सदस्यले आफ्नो सुनिश्चित भविश्यको लागि मात्र हैन सामाजिक उत्तरदायित्व वहन शीर्षकमा पनि खर्च गर्नुपर्ने हुँदा सहयोग तथा चन्दा दानका लागि नियमित वचत अभियान चलाएको ल्याएको हो । व्यक्तिगत तथा सामाजिक सहयोग गर्न मन भए पनि भनेको समयमा धन साथमा नहुने भन्दै सदस्यहरुलाई सहयोगका लागि बचत अभियान शुरु गरिएको संस्थाले जनाएको छ । नियमित रुपमा आम्दानीको  थोरै थोरै रकम जम्मा गर्दै गएमा इच्छा लागेको वखत  झिकेर अनुदान गर्न सकिने अवधारणा सहित संस्थाले यो सहयोगी वचत खाता सञ्चालनमा ल्याएको हो ।

संस्थाले परोपकारी कामका लागि कम्तिमा कमाईको १ प्रतिशत संचित गर्दै जानु पर्छ भनेर अभियान नै सुरु गरेको छ ।  सुरुमा सञ्चालकहरुमा सिमित रहेको यो सहयोगी खाताको महत्व सहयोगी मन भएका अन्य धेरै सदस्यहरुले वुझ्न थालेका छन् ।

संस्थाले सहयोगी मन भएका सदस्यहरुको मागलाई ध्यानमा राखी यो सेवा विगतका वर्षहरुदेखि सञ्चालनमा ल्याएको हो । उक्त खातामा सहभागिता जनाउँदै ३६ जना खातावालहरुको हाल सम्म रु. २ लाख ४६ हजार ३ सय ९९ जम्मा भएको संस्थाका व्यवस्थापक अमिर वस्नेतले जानकारी दिनुभयो । यो नितान्त सदस्यको वचत हो यसलाई सदस्यको मन्जुरी विना कसैलाई दिन  मिल्दैन र यस्लाई सदस्यले आफ्नो इच्छा अनुसार झिकेर वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

उक्त खातावाला मध्य २६ जना सदस्यहरुले प्रति व्यक्ति रु. १ हजारका दरले कोभिड संक्रमितको उपचार का लागि निर्माण शुरु गरिएको कोभिड अस्पताल सिन्धुलीलाई दिनुभएको व्यवस्थापक बस्नेतले जानकारी गराउनुभयो । सिन्धु वचत तथा ऋण सहकारी संस्थाका सहयोगी वचत खाताका खाताधारी सदस्यहरु २६ जनावाट २६ हजार, संस्थाको सामाजिक विकास कोष अन्तरगतको आ.व. २०६७।७७ को मौज्दात रमक वाट खर्च  गरी रु. २५ हजार र संस्थामा कार्यरत ६ जना कर्मचारीहरुको सहयोग रु. ४ हजार ५ सय ५५ सहित जम्मा रु. ५५ हजार ५ सय ५५ निर्माणाधिन अस्पताल भवनलाई सहयोग गरिएको बस्नेतले जानकारी गराउनुभयो ।   

सञ्चालक समितिको शुक्रवार आयोजित नियमित वैठक पश्चात उक्त रकम वरावरको चेक आईसोलेसन निर्माण उपभोक्ता समितिका सदस्य अम्ररेश चन्द्र वैदारलाई हस्तान्तरण गरिएको थियो । सिन्धुलीमा कोरोना संक्रमितको संख्या दिनानुदीन वढीरहेको वर्तमान अवस्थामा सिन्धुली जिल्लाको क.न.पा. ६, शिवनगरमा वन्दै गरेको आईसोलेसन भवनका लागि सहकारीको यो कल्याणकारी कदमको प्रशंसा गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष एवं  आईसोलेसन निर्माण उपभोक्ता समितिका सदस्य अम्ररेश चन्द्र वैदारले यो अनुकरणीय प्रसायलाई सवैले अनुसरण गर्न समेत आग्रह गर्नुभएको छ ।  

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप