काठमाडौं । नेपालको सहकारी अभियानलाई थप प्रभावकारी, समावेशी र दिगो बनाउने उद्देश्यका साथ DSIK Germany र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) बीच दीगो साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा उच्चस्तरीय अन्तरक्रिया भएको छ ।
अन्तक्रियामा सहकारी क्षेत्रका वर्तमान चुनौती, सम्भावना, संस्थागत क्षमता अभिवृद्धि तथा आगामी दिनमा सहकार्यका नयाँ क्षेत्रहरू विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
DSIK Germany प्रमुख डा. इलोङ्का, प्राविधिक विज्ञ यान वायर, मिस लाउरा र सञ्जय झा.को उपस्थिति रहेको थियो । नेफ्स्कूनका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, विभागीय प्रमुख दुर्गाप्रसाद ढकाल, वरिष्ठ अधिकृत नविन राज दाहाल तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालको सहकारी अभियानको विकासक्रम, बचत तथा ऋण सहकारी संस्थाहरूको आर्थिक तथा सामाजिक योगदान, विद्यमान चुनौती र सुधारका प्रयासबारे जानकारी गराउनुभयो । विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले सहकारी सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्था, नियामकीय परिवेश, सुशासन प्रवद्र्धन, जोखिम व्यवस्थापन तथा सदस्यकेन्द्रित सेवा विस्तारका विषयमा प्रस्तुति दिनुभएको थियो ।
छलफलका क्रममा दुवै संस्थाले सहकारी क्षेत्रमा सुशासन, संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन, क्षमता विकास, डिजिटल रूपान्तरण, महिला तथा युवा सहभागिता अभिवृद्धि, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका तथा अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक धारणा व्यक्त भएको थियो ।
DSIK जर्मनीका प्रतिनिधि टोलीले नेपालको सहकारी अभियानले समुदायस्तरमा वित्तीय पहुँच विस्तार, रोजगारी सिर्जना, सामाजिक समावेशिता तथा स्थानीय आर्थिक विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा प्राविधिक सहयोग, ज्ञान आदान–प्रदान तथा संयुक्त कार्यक्रम मार्फत साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
अन्तमा अध्यक्ष चन्द्रप्रसाद ढकालले नेफ्स्कून र DSIK बीच लामो समयदेखि कायम सहकार्यलाई अझ प्रगाढ, परिणाममुखी र दीगो बनाउँदै एकअर्काका अनुभव र सिकाइबाट लाभान्वित हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । यस सहकार्यको लागि DSIK जर्मनी को केन्द्रीय कार्यालयमा साकोस अभियानमा सहकार्यका लागि नेफ्स्कूनका उच्च व्यवस्थापन बाट डा. शिवजी सापकोटा र नविन राज दाहाल मार्फत जर्मनीमा नै दुई पक्षीय कुटनितिक सहकार्य गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय सहकार्यले नेपाली सहकारी क्षेत्रको संस्थागत विकास, सुशासन प्रर्बद्धन, नवप्रवर्तन तथा सदस्यकेन्द्रित सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अझ सक्षम, प्रतिस्पर्धी र दिगो बनाउन यस्ता साझेदारीहरू भविष्यमा थप प्रभावकारी हुने उल्लेख गर्नुभएको छ ।
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि