सिन्धुली । सहकारी संस्थामा सुशासन प्रर्बद्धन, प्रभावकारी नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम असार १६ गते सिन्धुलीमा सम्पन्न भएको छ ।
तालिम सारा बचत तथा ऋण सहकारी संस्था लि., जनकपुरधाम,धनुषाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोगमा भएको हो ।
कार्यक्रमको अध्यक्षता सारा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मनोज कुमार महतोले गर्नुभएको थियो भने सहजीकरण नेफ्स्कूनका अधिकृत महेश बराल ले गर्नुभएको थियो ।
तालिममा सहकारी संस्थाको सुशासन, सञ्चालक समितिको भूमिका तथा जिम्मेवारी, नेतृत्व विकास, सहकारी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, वित्तीय अनुशासन, रणनीतिक योजना निर्माण तथा संस्थागत दिगोपनलगायतका विषयमा विस्तृत सहजीकरण भएको थियो । साथै सहभागीहरूबीच संस्थागत सुशासन, प्रभावकारी निर्णय प्रक्रिया तथा सहकारी सञ्चालनका व्यवहारिक चुनौती र समाधानका उपायहरूबारे अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापन गरी १३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई संस्थाको प्रभावकारी सञ्चालन, सुशासन प्रवद्र्धन तथा सदस्य केन्द्रित सेवा प्रवाहमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको समापनमा साकोसका अध्यक्षले आगामी दिनमा पनि संस्थागत क्षमता विकास तथा सुशासन सुदृढीकरणका लागि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
१३ घण्टा अगाडि
१४ घण्टा अगाडि
१५ घण्टा अगाडि
१५ घण्टा अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
१३ घण्टा अगाडि
७ दिन अगाडि
१५ घण्टा अगाडि
१० दिन अगाडि