सुस्ता स्थित सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुस्ता स्थित सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

नवलपरासी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन गर्दै आएको स्थलगत सुपरिवेक्षण कार्यक्रम अन्तर्गत नवलपरासी (ब.सु.प) स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा  असार १६ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणको उद्देश्य सहकारी संस्थाहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु तथा बचतकर्ताको विश्वास अभिवृद्धि गर्नु रहेको थियो। यस क्रममा संस्थाको पुँजी पर्याप्तता अनुपात, ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक सुशासन प्रणाली, लेखा प्रणाली, व्यवस्थापन सूचना प्रणाली अद्यावधिक, सम्पत्ति शुद्धिकरण निवारण तथा भाखा नाघेको ऋण असुलीका विषयमा विस्तृत मूल्यांकन गरिएको थियो। त्यसैगरी बचत तथा ऋण कारोबार, लेखापरीक्षण, लगानी नीति, सेवा–सुविधा, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता र निर्णय प्रक्रिया लगायतका पक्षहरूको समेत समग्र रूपमा समीक्षा गरिएको थियो। स्क्यान (SCAN) का सूचकहरूमा आधारित अभ्यासमार्फत सहकारीको वर्तमान अवस्था विश्लेषण गर्दै वित्तीय जोखिम व्यवस्थापन तथा आन्तरिक सुधारका लागि आवश्यक सुझावहरू प्रदान गरिएको थियो।

सुपरिवेक्षण कार्यक्रममा संस्थाका सञ्चालक समिति, कार्यदल  तथा व्यवस्थापनको सहभागिता रहेको थियो। नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सुपरीबेक्षण सम्पन्न गर्नुभएको थियो। 

भर्खरै
मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन
मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन

१३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण

१४ घण्टा अगाडि

सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता
नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर...

१५ घण्टा अगाडि

सहकारी क्षेत्रका समसामयिक चुनौती र सुधारका विषयमा नेफ्स्कून तथा सरोकारवालाबीच छलफल
सहकारी क्षेत्रका समसामयिक चुनौती र सुधारका विषयमा नेफ्स्कून तथा सरोकारवालाबीच छलफल

२० घण्टा अगाडि

३१औँ स्थापना दिवसमा किसान साकोसद्धारा बहुआयामिक कार्यक्रम सञ्चालन
३१औँ स्थापना दिवसमा किसान साकोसद्धारा बहुआयामिक कार्यक्रम सञ्चालन

२ दिन अगाडि

कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 
कास्की स्थित तोडा साकोसको स्थलगत सुपरिवेक्षण 

२ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत एकीकृत फ्रेण्डसिप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत एकीकृत फ्रेण्डसिप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

४ दिन अगाडि

मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन
मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन

१३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

७ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

१० दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

४ दिन अगाडि

पाठकबाट थप