क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपाल (कड्फन) को  वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपाल (कड्फन) को  वार्षिक साधारणसभा सम्पन्न

क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपाल (कड्फन) को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारणसभा कार्तिक २८ गते (आज) सम्पन्न भएको छ ।

कड्फनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा आयोजित सभाको उद्घाटन कड्फनका संस्थापक अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा कड्फनका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो 

सभामा स्वागत मन्तव्य उपाध्यक्ष श्याम बहादुर श्रेष्ठले गर्नुभएको थियो भने कोषाध्यक्ष शिव अधिकारीले कोषाध्यक्षको प्रतिवेदन र सचिव दिपक पनेरुले समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  
२०६८ सालमा दर्ता भएको ‘कड्फन’ राष्ट्रिय स्तरको गैरनाफामूलक संस्था हो । कड्फनमा हाल ३० जना आजीवन सदस्य रहनुभएको छ । साधारणसभाको बैठकले ७ सदस्यीय कार्यसमितिको संख्या थप गरि ९ सदस्यीय बनाउने कफ्फन सचालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । त्यसैगरि सभाले नेफ्स्कूनको पूर्व तथा वर्तमान सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति मध्येबाट ७५ वर्ष उमेर पुरा गरेका व्यक्तिहरुलाई मानार्थ सदस्यता दिने निर्णय समेत गरेको छ ।


नेपालको बचत तथा ऋण सहकारी अभियानको सबलीकरण एवम् सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यका साथ गठन गरिएको राष्ट्रिय स्तरको गैरनाफामूलक संस्था कड्फनलाई क्रियाशील बनाउने र प्रभावकारिता वृद्धि गर्ने सम्बन्धमा गहन निर्णयहरु सभाले गरेको छ । कड्फनलाई जीवन्त र दायरा फराकिलो बनाउने उद्देश्य सहित साधारणसभाले नेपालको बचत तथा ऋण सहकारी अभियानभित्र रहेका सदस्य र कर्मचारीहरुलाई आजीवन सदस्यता खुला गर्ने निर्णय गरेको हो । यसपूर्व विधानमा उल्लेखित नेफ्स्कूनका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख  कार्यकारी अधिकृत साथै पूर्व सञ्चालकहरू पूर्व लेखा सुपरिवेक्षण समिति र पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सदस्य रहन सक्ने व्यवस्था संशोधन गरि बचत ऋण सहकारीअभियान भित्र आजीवन सदस्यता खुला गर्ने निर्णय गरेको हो । 

त्यसैगरि सभाले यस आर्थिक वर्ष ०८२/०८३ मा गरिने सात मुख्य कार्यहरु समेत अनुमोदन गरेको छ ः

  • सहकारीको वित्तीय नीतिगत सुधारको लागि तीन प्रदेशहरूमा सुझाव संकलन गर्ने,
  • सहकारी संस्थामा देखा परेका उच्च तरलतालाई न्यून गर्न तीन स्थानमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने,
  • उत्पादनसँग जोड्न सहकारीको विकासमा वित्तीय सहकारीको भूमिकाबारे विज्ञहरूसँग तीन स्थानहरुमा परामर्श गोष्ठी सञ्चालन गर्ने,
  • नेपालको टप १०१ सहकारीको वित्तीय सर्वेक्षण सहित स्मारिका प्रकाशन गर्ने,
  • संस्थाको १५औं स्थापना दिवस मनाउने कार्यलाई संस्थागत गर्ने,
  • संस्थागत सवलीकरणका लागि कम्तिमा २० जना नयाँ आजीवन सदस्य विस्तार गर्ने,
  • कार्यसमितिको वैठकको निरन्तरता र कानूनी परिपालनाको अद्य्यावधिक गर्ने ।

साधारणसभाले उपस्थित सदस्यहरुलाई आजीवन सदस्यता प्रमाणपत्र समेत वितरण गरेको थियो । कड्फनको वर्तमान सञ्चालक समितिको उपाध्यक्षमा संघका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, सचिवमा पूर्व कोषाध्यक्ष दीपक पनेरु, कोषाध्यक्षमा संघका पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी र सञ्चालक सदस्यहरुमा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन कुमार पुडासैनी, पूर्व सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्यमा शुभद्रादेवी महतो रहनुभएको छ । साधारण सभा नेफ्स्कूनको नवनिर्मित भवनमा सम्पन्न भएको थियो । कड्फनको सचिवालय नेफ्स्कूनमा रहेको छ र यसको समग्र व्यवस्थापन नेफ्स्कून कार्यक्रम तथा विकास महाशाखाद्वारा गरिएको थियो । 

 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

३ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप