सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र कमलामाई नगरपालिका, सिन्धुलीको साझेदारीमा नगरपालिकाभित्र सञ्चालित सहकारीहरूका लागि सहकारी एकीकरण सम्बन्धी गोष्ठी आज कार्तिक १३ गते नगरपालिकाको भवनमा सम्पन्न भएको छ ।
गोष्ठीमा नगरपालिका भित्रका विभिन्न वडामा सञ्चालित विशेष गरी उत्पादनमूलक सहकारीका अध्यक्ष, पदाधिकारी तथा व्यवस्थापकहरूको उत्साहजनक सहभागिताका रहेको थियो । गोष्ठीको प्रमुख व्यक्तित्वमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकाल र विशिष्ट अतिथिहरूमा नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङ र नेफ्स्कूनका बरिष्ट अधिकृत नविन राज दाहाल रहनुभएको थियो । गोष्ठीमा विभिन्न २८ सहकारीबाट अध्यक्ष र व्यवस्थापक गरी ३४ जना र कमलामाई नगरपालिकाका प्रतिनिधि र नेफ्स्कूनबाट गरी ८ जनाको सहभागिता रहेको थियो ।
गोष्ठी सम्बोधनका क्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले सहकारी समाज विकासको प्रमुख आधार भएकोले यसको विकास र विस्तारका लागि सहकारी एकीकरण अपरिहार्य रहेको बताउनुभयो । नेपालमा विकासलाई दुई पक्षमा हेर्दा समानता र विमुखतामा केन्द्रित छ, यसको समावेशी समानताको विकासमा सहकारी एक स्तम्भको रुपमा अभ्यास गरिनुपर्ने विषयमा जोड दिनु भयो । कमलामाई नगरपालिकाले नेफ्स्कूनसँगको प्राविधिक साझेदारी मार्फत सहकारीको दिगो विकास साथै नीतिगत सबलताको क्षेत्रमा निरन्तर काम गरिरहेको र यसको प्रभाव अत्यन्त सकारात्मक रहेको बताउँदै सहभागी सहकारी प्रतिनिधिहरूलाई परिणामुखी सहकारी एकीकरणमा जुट्न आव्हान गर्नुभयो ।
कमलामाई नगरपालिका भित्र रहेका १४ वडाहरूबाटै गोष्ठीमा सहभागी सहकारी प्रतिनिधिहरूले वडागत रूपमा र समान उद्देश्य भएका सहकारीहरूबीच एकीकरणका लागि सहमती कायम गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस एकीकरण अभ्यासमा २१ वटा सवालगत प्रस्तावहरूमा घनिभूत छलफल गरिएको थियो ।
सहकारी एकीकरण सम्बन्धमा नीतिगत तथा प्राविधिक सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत दाहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन तथा संयोजन नेफ्स्कूनका कार्यक्रम अधिकृत राधा पौडेलले गर्नुभएको थियो ।
सहकारी एकीकरण सहजीकरणका लागि निरन्तर समन्वयात्मक भूमिका निर्वाह गर्दै आउनुभएका नगरपालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङले नेफ्स्कूनसँगको प्राविधिक सहकारीको दश वर्षीय नीति तर्जुमा गरी उक्त योजना भित्र रही समग्र पालिकाको सहकारीका सदस्यहरुको आर्थिक रुपान्तरणमा पालिका पहिलो हुने विश्वास व्यक्त गर्नुभयो । साथै देशमानै सहकारीको दीर्घकालीन नीति तर्जुमाको क्रममा रहँदा यस पालिकाले यसको अभ्यास थालनी गरी निश्कर्षमा पुर्याउनु आफैमा उदारणीय कार्य रहेको उहाँको भनाई थियो । पालिकाले नेपाल सरकारको १६औँ पञ्चवर्षीय योजनाको मर्मलाई आत्मासाथ गर्दै एकीकरणको अभ्यासमार्फत उत्कृष्ठ सेवा सहितको सहकारी हुनेछ भन्ने सवै सहकारी अभियानसँग अपेक्षा रहेको र यसमा पालिकाले गर्नुपर्ने सहयोगमा पछी नहट्ने विचार राख्दै आगामी साधारणसभामा मन मिलेका, उद्देश्य र कार्यक्षेत्र मिल्दा सहकारीहरूले एकीकरणको निर्णय गरेर पालिका समक्ष एकीकरणका लागि निणर्य सहित पत्राचार गर्न समेत अनुरोध गर्नुभयो ।
नेफ्स्कूनले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्ला नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूको प्रवर्धन, जागरण र विकास गरी स्वावलम्बी र प्रविधि मैत्री सहकारी निर्माणका लागि आधारशिला कार्यक्रम अगाडि बढाएको छ ।
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१७ घण्टा अगाडि
९ दिन अगाडि