बुटवलमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न..
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न..

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना तथा प्रदेश बचत संघ लुम्बीनी र जिल्ला बचत संघ रुपन्देहीको व्यवस्थापन सहजिकरणमा एक दिवशीय साकोस जोखिम ब्यबस्थापन ३६० कार्यशाला रुपन्देहीको बुटवलमा कार्तिक १३ गते सम्पन्न भएको छ । 

 नेफ्स्कूनका सञ्चालक ज्ञानु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफ्नो मन्तब्य राख्दै बदलिदो कानुनी वातावरणमा सदस्यहरुको निरन्तर अभ्यासलाई सुदृढिकरण र शुसासन कायम गराउनको साथै साकोस अभियानलाई व्यवस्थित गर्दै सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुको सामना गर्नको लागि संघको रणनीतिक योजनालाई समिक्षा गर्दै नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम ल्याएको र सोही कार्यक्रम अन्तरगतको साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला रहेको हो । यसले साकोसहरुमा भविष्यमा आउन सक्ने जोखिमहरुको पहिचान गर्दै त्यस्ता जोखिमहरुको व्यवस्थापन गर्ने उपायहरुको विषयमा छलफल गरी आवश्यक निष्कर्षमा पुगी संस्था संचालन गर्न सहयोग गर्ने बताउनु भएको थियो ।  

नेफ्स्कूनका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकालले राख्नुभएको थियो । स्वागत मन्तव्य राख्दै अध्यक्ष ढकालले सहकारी क्षेत्रमा देखिएका समस्या र चूनौतिहरुको विचमा साकोसहरुलाई दिशानिर्देश गर्ने काममा निरन्तर रुपमा नेफ्स्कूनले आफ्ना गतिविधिहरु सञ्चालन गरेकोले यस्ता कार्यक्रमबाट सिकेका कुराहरु साकोसहरुमा कार्यान्वयन गर्दै संस्थालाई व्यवस्थित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।  

उद्घाटन कार्यक्रममा प्रदेश बचत संघ, लुम्बिनीले जोखिमको पहिचान गरी पहिचान भएका जोखिमहरुको न्यूनिकरणका लागि समाधनका उपायहरु समेतको विषयहरुमा यस कार्यक्रमबाट सिकाई हुने कुरा राख्दै उक्त सिकाईलाई संस्थामा व्यवहारिक रुपमा कार्यान्वयन गरी आफ्ना संस्थाहरुमा आउनसक्ने जोखिमहरुलाई न्यूनिकरण गरी संस्थालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो ।

सल्यान, दाङ, प्यूठान, कपिलवस्तु, रुपन्देही, गुल्मी, पाल्पा र नवलपरासी जिल्लाका ४४ वटा साकोसका समिति तथा व्यवस्थापनबाट जम्मा ९० जनाको सहभागिता रहेको  कार्यशालाको सहजिकरण नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र बरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन रुपन्देही सदस्य सेवा कार्यालय बरिष्ठ सहायक नेत्र प्रसाद सापकोटा, प्रदेश बचत संघ लुम्बिनीका व्यवस्थापक तारा गौतम र जिल्ला बचत संघ रुपन्देहीका व्यवस्थापक सर्मिला गौतम भट्राईले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप