चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा महिला उद्यमी उत्प्रेरणा गोष्ठी असोज ३० गते चितवनमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम भित्र रही व्यवसाय विकास सेवा कार्यक्रममा थप सहयोग तथा साकोसहरूमा उत्प्रेरणा प्रदान गर्ने अभिप्राय राखी गैडाकोटको विकू र किसान साकोसहरु, चितवनबाट हिमाली ब्राह्मी साकोस, प्रभात दिदीबहिनी साकोस, पेवा साकोस, बछौली नारी साकोस र पञ्चतारा साकोस, मकवानपुरबाट सकृय महिला साकोस र महिला मिलन साकोस हरुको नेतृत्व, व्यवस्थापन र महिला उद्यमीहरु गरी ५२ जनाको उपस्थिती भएको थियो ।
यस गोष्ठीमा सफल महिला उद्यमीहरुले आफ्नो उद्यम सञ्चालनको अनुभवलाई सवैको माझ साटासाट गर्नुभएको थियो । यस गोष्ठीमा उद्यम विकासमा प्रविधि, उद्यम विकासमा पूँजि, उद्यम विकासमा वजार र उद्यमदेखि उद्योगसम्मको विषयहरूयात्राको अनुभवहरुको सघर्ष बृतान्त प्रस्तुती भएको थियो । संघका बरिष्ठ अधिकृत नविन राज दाहालले उद्यमी देखि उद्योगी सम्मको यात्रामा चालिने सघर्षमय विधि, प्रकृया र श्रृँखलाको विषयमा प्रस्तुत गर्नुभयो । वहाँले जीवन एक पटक आउने यात्रा हो यो यात्रामा उद्यमी भई सहकारीको मर्म बमोजिम स्वाबलम्बी, आत्मनिर्भर र स्वरोजगारी भई निरन्तर उद्यमको अभ्यासमा जुटिएन भने अव सहकारिताको अभ्यास ओझेलमा पर्ने विषयमा प्रस्तुतीकरण गर्नु भयो । आजको दिन हाम्रो हो भोलीको दिन कसको थाहाछैन तसर्थ आजको दिनबाट उद्यमी वनी उद्योगीको मार्गमा अगाडि बढनुपर्छ भन्ने विषयमा केन्द्रित थियो । महिलाहरु समाजको शक्ति हो यस शक्तिलाई राज्य निर्माणको यात्रामा उद्यमीबाट उद्योगी र उद्योगीबाट उद्योगपतीको मार्गमा निदिष्ट भएर योजना वनाई निरन्तर उद्यम सफलताको श्रृँखला पार गर्दै आयमा बृद्धि, रोजगार सिर्जना र वैदेशिक रोजगारमा गएकाको आगमनमा व्यवसायिक वातावरण सिर्जनामा जुट्नु पर्ने विषयमा संघका बरिष्ठ अधिकृत नविनराज दाहालले प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीको अध्यक्षता हिमाली ब्राह्मी साकोसका अध्यक्ष मीना कुमारी ढकालले गर्नु भएको थियो भने प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यानरलाई सम्बोधन गरी महिलाहरुले चाहेमा व्यवसाय सफल हुने, संघले यस यात्रामा प्राविधिक, पूँजि र वजारमा सहजीकरण गरिने विषयमा केन्द्रित हुनुभयो साथै अभियानलाई डगमगाउन दिन्नौ यहाँ भएको नेतृत्वले नेतृत्व गरेको साकोसको जिम्मा लिनु पर्छ फलत हामी पनि साकोस अभियानको जिम्मा लिएका छौँ र लिन्छौँ पनि भनि विचार प्रस्तुत गर्नु भयो । यसैक्रममा संघका अध्यक्षले मेरो जिम्मेवारी बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको पनि हो र यसमा सवैको योगदान हुनुपर्छ सहकारी ऐनले दिएको प्रावधानको सवैले कदर गरिनुपर्ने विषयमा पनि जोड दिनु भयो । आज अन्तर्राष्ट्रिय सहकारी ७७औँ दिवसको अवसरमा यस नतिजामुखी कार्यक्रमले सवैमा आत्मवल र उद्यमीको यात्रामा सहज वनाउने अभिप्राय राख्नु भयो ।
यसैक्रममा कार्यक्रमलाई स्वागत मन्तव्यमा चितवन सदस्य सेवा कार्यालयका सदस्य रामशरण सिलवालले संघले शुरु गरेको स्क्यान, प्रोवेशन र एक्सेस जस्ता कार्यक्रममा सहभागी भई संस्थालाई सुशासनको अभ्यासमा एक्यवद्धता हुनुपर्ने विषय दर्शाउदैँ यस महिला उद्यमीलाई उत्प्रेरित गर्ने कार्यक्रम आजको आवश्यकता हो भन्ने विचार राख्नु भयो । यस कार्यक्रमको सञ्चालन बछौली नारी साकोसका व्यवस्थापक शारदा विडारीले गर्नु भएको थियो भने कार्यक्रमको विषयमा सफल उद्यमी सीता पराजुलीले गरे के हुन्न भन्ने विषयमा जोड दिँदै म शिक्षिका भए पनि आज उद्यमीको यात्रामा छु मलाई यस उद्यमले स्वाबलम्वि र आत्मनिर्भर वनाएको छ भन्ने विषयमा सवैलाई उत्प्रेरित गर्नु भयो । साथै आफुले गरेको सोलार डायर उद्यमको विषयमा सवैको माझ हौसला र उत्प्रेरणाका साथ जीवन भोगाईको यथार्त प्रस्तुत गर्नुभयो ।
यस कार्यक्रममा प्रभाव दिदीबहिनी साकोस, हिमाली ब्राह्मी साकोस, बछौली नारी साकोस, पेवा साकोसमा भएका सफल महिला उद्यमीको संघर्षमा शारदा पौड्याल, सकुन्तला गौतम, उर्मिला गुरुङ हरुले आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थियो । अन्तमा कार्यक्रमको विषयमा पञ्चतारा महिला साकोसका अध्यक्ष निर्मला कंडेलले आफु पनि हाल उद्योगी भएको र यस आजको यात्रासम्म धेरै असहजतालाई छिछोल्दै यहाँसम्म आए आज सफल छु भन्ने विचार राख्नु भयो । यसैक्रममा पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिनाले सदस्यहरुलाई उद्यमी देखि उद्योगीको यात्रामा अव साकोस अभियान केन्द्रित नहुने हो भने भोलीका दिनमा हालको वेथिती भन्दा विकराल वेतिथिको सामाना गर्नुपर्छ वास्तवमा नेतृत्वले सदस्यको आयमा बृद्धि गर्ने सुवर्ण अवसरको कार्यक्रम नेफ्स्कूनले ल्याएको छ यसमा हाम्रो एक्यवद्धा रहेको विषयमा केन्द्रित गर्नुभयो ।
सकृय महिला साकोस, मकवानपुरका अध्यक्ष श्रमिक लामाले हामी हिजो पनि संघको व्यवसाय विकास सेवा कार्यक्रममा जोडिएका थियौ यसले हामीमा केही उर्जा दिएको थियो आज पूर्णता दिने कार्यक्रम छ यसमा हामी एक्यवद्धता छौँ । र माटो, भुगोल र समाज सुहाउँदो उद्यममा नेफ्स्कूनले निरन्तर सहयोग तथा सहकार्य गर्ने विश्वास लिएको छौँ यस कार्यक्रमले सवैमा थप उर्जा जगाएको छ भन्दै कार्यक्रम समापन भएको थियो।
यस कार्यक्रममा संघबाट चितवन सदस्य सेवा कार्यालयका इन्चार्ज यमकला सुवेदीले सम्पूर्ण व्यवस्थापन गर्नु भएको थियो भने पेवा साकोस, रत्ननगरका व्यवस्थापक किशोर भट्टराईले गोष्ठीमा रसद व्यवस्थापन तथा समन्वयमा साथ तथा समन्वय गर्नुभएको थियो भने विकू साकोसबाट हरिराम अम्बै र किसान साकोसका सल्लाहाकार दयानीधि अर्यालको उपस्थिती थियो ।
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१७ घण्टा अगाडि
९ दिन अगाडि