बर्दिवास । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) सदस्य सेवा कार्यालय जनकपुरको आयोजनामा एक दिवशिय साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला बर्दिवासमा असोज ३० गते सम्पन्न भएको छ ।
नेफ्स्कून सञ्चालक शोभा कुमारी राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आफुले प्रतिनिधित्व गर्ने साकोसहरुबाट रौतहट, सर्लाही,र महोत्तरीका जिल्ला बचत संघ अध्यक्षहरु र नेफ्स्कून सदस्य सेवा कार्यालय पर्सा, जनकपुर र सर्लाही व्यवस्थापन उपसमिती सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले गर्नु भएको थियो ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा गैर स्थलगत र स्थलगत अनुगमन प्रभाबकारी रुपमा अघि बढाइएको हो । संस्थाको स्तरीकरणका लागि बिभिन्न बिषयहरु जस्तैः बचत, ऋण, ब्याजदर, बार्षिक योजना, सम्पति शद्धिकरण निवारण नितिको पालना, नियामकिय निकायहरुबाट दिएको निर्देशनको परिपालना, संस्थाको भाखा नाघेको ऋण असुली, पुँजी प्रर्याप्तता अनुपात लगायत समग्र आर्थिक अवस्था र सहकारीले सदस्यहरुलाई उपलब्ध गराउने सेवा सुविधाको बिषयमा अन्तक्रियात्मक सहजीकरण भएको थियो ।
२०६३ सालबाट सुरुवात गरिएको साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम लगाएतका स्तरिकरण कार्यको थालनिलाई संस्थागत गर्न नयाँ अनुगमन निरिक्षणको कार्यक्रम स्क्यान अव सबै साकोसहरुमा अनिवार्य गर्नको लागि संघको सञ्चालक समितिबाट निति तथा कार्यक्रम र कार्यविधी निर्माण गरि सुरुवात गरिएको छ । राज्यको नियामकिय निकायबाट वित्तिय सहकारीलाई कानुन सम्मत ढंगबाट सुशासन पारदर्शि र मर्यादित बनाउनको लागि कानून बनाई मापदण्ड कार्यान्वयनमा ल्याएको परिवेशमा क्षमता पुगेका साकोसले वित्तिय परिक्षण गराउँन सक्ने गरि यो कार्यक्रम ल्याएको छ । स्क्यान कार्यक्रम अन्तर्गत प्रोवेसन कार्यक्रममा आबद्ध भएका साकोसको समग्र कानुनी जोखिम, वित्तीय जोखिम, ऋण जोखिम, तरलता जोखिम र सञ्चालन तथा सुशासन जोखिममा न्यूनीकरण गर्ने भएकाले चाडै स्क्यानमा जोडिन आग्रह समेत गरिएको थियो ।
कार्यक्रम मधेश प्रदेशका ८ वटा जिल्लाका ५६ साकोसहरुबाट अध्यक्ष र व्यवस्थापकहरु सहित १२६ जनाको सहभागिता रहेको कार्यक्रमको संचालन कार्यक्रम अधिकृतम रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने समग्र व्यवस्थापन सदस्य सेवा कर्यालय ईञ्चार्जहरु राजेन्द्र ढकाल, संजय कुमार कर्ण, दिपेन्द्र शाह र सदस्य सेवा सहायक (सहजकर्ता) हरु श्याम बुढाथोकी, रम्भु पंडित र रामानन्द प्रसाद यादवले गर्नु भएको थियो ।
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१६ घण्टा अगाडि
१७ घण्टा अगाडि
१९ घण्टा अगाडि
२० घण्टा अगाडि
२० घण्टा अगाडि
२ दिन अगाडि
१६ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
१६ घण्टा अगाडि
९ दिन अगाडि
९ दिन अगाडि