बाँके । नेपालगञ्जमा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीको संस्थागत विकास विषयक २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । चैत्र १७ र १८ गते बाँकेको सोल्टी होटलमा आयोजित गोष्ठी राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद रत्न खत्रीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बाँके जिल्ला बचत संघका अध्यक्ष प्रेम बहादुर शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीको पहिलो दिन तीनवटा विषयबस्तुमा प्रस्तुतीकरण भएको थियो । पहिलो दिनको पहिलो सत्र संस्थागत विकासमा निर्णायक भुमिका विषयमा सहजीकरण राष्ट्रिय सहकारी बैंक लि. नेपालका अध्यक्ष महेन्द्र गिरीले गर्नु भएको थियो भने उत्त सत्रको अध्यक्षता जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले गर्नु भएको थियो । दोस्रो सत्र प्रभावकारी व्यवस्थापन विषयमा सहजीकरण पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङ्गले गर्नु भएको थियो, भने उक्त सत्रको अध्यक्षता जिल्ला बचत सहकारी संघ बाँकेका अध्यक्ष प्रेम बहादुर शाहले गर्नु भएको थियो । पहिलो दिनको अन्तिम तेस्रो सत्र सहकारी उत्प्रेरणा र तनाव व्यवस्थापन विषयमा सहजिकरण योगिन नमराज छामले गर्नुभएको थियो भने उक्त सत्रको अध्यक्षता जिल्ला कृषि सहकारी संघ बाँकेका अध्यक्ष लोकेन्द्र चन्दले गर्नु भएको थियो ।
कार्यशाला गोष्ठीको दोस्रो दिन चार वटा बिषय बस्तुमा प्रस्तुतीकरण भएको थियो । दोस्रो दिनको पहिलो सत्र सहकारी शिक्षा र तालिमको महत्व विषयमा सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले गर्नु भएको थियो भने उत्त सत्रको अध्यक्षता जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँकेका अध्यक्ष भुपेन्द्र प्रसाद अधिकारीले गर्नु भएको थियो । दोस्रो सत्र आफु भित्रको नेतृत्वको खोजी विषयमा सहजीकरण शिव प्रसाद भुषालले गर्नु भएको थियो भने उक्त सत्रको अध्यक्षता नेफ्स्कून सदस्य सेवा कार्यालय बाँकेका ईन्चार्ज छत्र प्रसाद जैसीले गर्नु भएको थियो ।
तेस्रो सत्र YES I CAN विषयमा सहजीकरण रमन भट्टराईले गर्नु भएको थियो भने उक्त सत्रको अध्यक्षता राष्ट्रिय सहकारी बैक शाखा कार्यालय बाँकेका ईन्चार्ज प्रकाश थपलियाले गर्नु भएको थियो । अन्तिम चौथो सत्र सहकारीमा AI को प्रयोग र महत्व विषयमा सहजीकरण सन्दीप राज भाटले गर्नु भएको थियो भने उक्त सत्रको अध्यक्षता जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष जानकी पुनले गर्नु भएको थियो ।
उक्त गोष्ठीमा बाँके जिल्लाका विभिन्न सहकारी संस्थाबाट ११० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन लुम्बिनी प्रदेश सभा सदस्य कुष्णा कुमारी केसीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यशाला गोष्ठीको व्यवस्थापन तथा सञ्चालन जिल्ला सहकारी संघ बाँकेका प्रमुख कार्यकारी अधिकृत नवराज उपाध्यायले गर्नु भएको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि