F.W. RAIFFEISEN DAY को अवसरमा नेफ्स्कूनद्वारा भोलि वृहत अन्तरक्रिया कार्यक्रम हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
F.W. RAIFFEISEN DAY को अवसरमा नेफ्स्कूनद्वारा भोलि वृहत अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५, ६८औं राष्ट्रिय सहकारी दिवस र विश्व बचत तथा ऋण सहकारीका प्रणेता F.W. RAIFFEISEN को जन्मदिन (मार्च ३०) को अवसर पारेर चैत्र १७ गते, भोलि "सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र" सम्बन्धी कार्यक्रमको तयारी पुरा गरेको छ ।  । 

क्रेडिट युनियनका अग्रगामी तथा समाज सुधारक फ्रेडरिक विल्हेम राइफिसेनका निर्देशन र मार्गदर्शक सिद्धान्तहरुको अनुशरण गर्दै नेपालको बचत तथा ऋण सहकारी अभियानको दिगो र संस्थागत विकासका लागि एउटा प्रेरक मार्गदर्शकको रुपमा राइफिसेनको स्मरण गरिने संघले जनाएको छ ।

त्यसैगरि ६८औं राष्ट्रिय सहकारी दिवसको पुर्वसन्ध्यामा ‘मर्यादित सहकारीः समुन्नत समाज’ को थिममा रहेर आयोजित सम्पूर्ण कार्यक्रमहरुमा संघको ऐक्यबद्धता सहित नेपाल लगायत विश्वव्यापी रुपमा मनाईएको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मा सहकारी सम्बन्धी जनचेतना, सफलताका कथा, सम्भावनाबारे शिक्षा र चेतनामूलक गतिविधिहरु सञ्चालनबारे देशव्यापी आव्हान समेत गरिनेछ । बचत तथा ऋण सहकारी संस्थाहरुलाई दिगो र संस्थागत बनाउन साथै अन्तर्राष्ट्रिय सिद्धान्त र असल अभ्यासको अनुशरणका लागि दिशानिर्दिष्ट गर्ने उद्देश्य कार्यक्रमको रहेको छ । कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुलाई र सहकारी पत्रकार समाज (सिजेएन) लाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा आयोजना हुने कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुखत्वमा हुँदैछ । कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेल, विभागका रजिष्ट्रार उमेश ढुङ्गाना, महासंघका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु सहित संघको सञ्चालक समितिको विशेष उपस्थिति रहनेछ । कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले नेपालको सहकारी अभियानमा वित्तीय सहकारीहरुको आगामी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुतीकरण गर्नुहुनेछ । कार्यक्रममा संघमा आबद्ध देशभरका बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहनेछ । 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

११ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

११ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप