विश्व अभ्यासमा नभएका कतिपय व्यवस्था सहकारी अध्यादेशमा समेटिनु दुर्भाग्यपूर्ण: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व अभ्यासमा नभएका कतिपय व्यवस्था सहकारी अध्यादेशमा समेटिनु दुर्भाग्यपूर्ण: नेफ्स्कून बरिष्ठ उपाध्यक्ष

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सरकारले जारी गरेको सहकारीसम्बन्धी अध्यादेशमा अभियानले माग गरेका केही विषयहरु अटाएपनि पनि कतिपय व्यवस्था सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य र मान्यता विपरित विश्व अभ्यासमा कही नभएका कुराहरु समावेश हुनु दुर्भाग्यपूर्ण भएकोे बताउदै संसदबाट विधिको रुपमा आउने सन्दर्भमा सम्बोधन भएर आउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले प्रतिस्थापन विधेयकमार्फत ती प्रावधानहरु संशोधन हुने विश्वास व्यक्त गर्दै त्यसका लागि अभियानले एकढिक्का भएर बहसपैरवी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयको आयोजनामा भुरीगाउँ बर्दियामा हिजो सञ्चालित “सुरक्षित ऋण लगानी तथा असुली सम्बन्धी अन्तरक्रिया” कार्यक्रमको सन्दर्भ पारी गरिएको “सहकारी अध्यायदेश २०८१ र नेपाल राष्ट्र बैकवाट जारी बचत तथा ऋण सहकारी मापदण्डको बिषयमा बर्दिया जिल्ला स्तरीय अन्तरक्रिया” कार्यक्रमा उहाँले उक्त धारणा राख्नुभएको हो । 

नेफ्स्कूनका प्रवक्ता समेत रहनुभएका बरिष्ठ उपाध्यक्ष अधिकारीले वर्तमान समयमा नेपालको सहकारी अभियान माथि चौतर्फी हमला भइरहेको भन्दै सहकारीहरुले आफ्ना गतिविधिलाई यसको सिद्धान्त, मूल्य मान्यता र वित्तीय मापदण्डको परिधिभित्र रही सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

भाखा नाघेको ऋणको विवरण र PEARLS प्रतिवेदन संचालक समितिको मासिक बैठकमा अनिवार्य छलफल गरी नीति, विधि र सुशासनमा रही निर्णय गुर्न पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सहभागी जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारी सम्बन्धी अध्यादेशमा भुगोलको आधारमा बचतको सिमा तोक्ने र संञ्चालकको कार्यकाल सम्बन्धी व्यवस्था सहकारीको मर्म विपरित भएको अविलम्ब सुधार गर्न केन्दीय संघले गर्ने बहस पैरवीमा ऐक्यबद्धता व्यक्त गर्नुभयो । साथै राष्ट्र बैंकले प्रस्ताव गरेको वित्तीय मापदण्डका बुदाँहरुलाई व्यापक संशोधन गर्न केन्द्रीयसंघ मार्फत सुझावहरु पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बर्दिया जिल्लाका १६ संस्थाबाट अध्यक्ष एवम् व्यवस्थापकहरु गरी १२ महिला र २१ पुरुषको प्रतिनिधित्व थियो । कार्यक्रममा संघको बाँके सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य भिखु राम थारुले स्वागत मन्तब्य राख्नुभएको थियो ।

संघका बाँके सदस्य सेवा कार्यालय ईन्चार्ज छत्र प्रसाद जैसीले भाखा नाघको ऋण असुलीका कानुनी प्रकृया बारे प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कून बाँके सदस्य सेवा कार्यालयका सूचना प्रविधि सहायक बम बहादुर पुन मगरले कार्यक्रमको उद्घाटन सत्र सञ्चालन, परिचयात्मक कार्यक्रम तथा कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप