२४ औँ स्थापना दिवस-कास्की बचत संघ
'सहकारी सामाजिक उत्तरदायित्वका कार्यक्रम बढी प्रभावकारी हुन्छन्'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारी सामाजिक उत्तरदायित्वका कार्यक्रम बढी प्रभावकारी हुन्छन्'

पोखरा, १६ मंसिर । कास्की बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो २४ औँ स्थापना दिवस आइतबार पोखरामा खुल्ला रक्तदान कार्यक्रम गरी मनाएको छ । कास्कीका बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्लास्तरीय संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ यूनिट रगत संकलन भएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश, सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी संस्थाले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्य समुदाय लक्षित कार्यक्रम हुने भएकोले बढी प्रभावकारी एवम् प्रशंसायोग्य हुने बताउनुभयो । सहकारी रजिष्ट्रार कार्यालयको मुख्य कार्य सहकारीको प्रबद्र्धन, नियमन, तालिम तथा गोष्ठी भएको बताउँदै उहाँले यस क्षेत्रमा यदाकदा देखिएका कमीकमजोरी तथा समस्यालाई चिरफार गरी विद्यमान अवस्थामा सहकारी क्षेत्रको उन्नयनमा सबै जुटेर अगाडी बढ्नुको विकल्प नभएकोमा जोड दिनुभयो । प्रमुख अतिथि रिजालले सहकारी क्षेत्रलाई सुशासनयुक्त र समुदाय लक्षित सहकारी बनाउन सबैको राय सल्लाह आवश्यक रहेको बताए । 

पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तथा सल्लाहकार रविरमण तिवारीले सहकारीको मूल्य मान्यतालाई कसैले बिर्सन नहुने बताउँदै सहकारी क्षेत्रमा केही समस्या देखिएका छन्, समस्या निराकरण गरी सहकारी क्षेत्र बचाउन हामी सबैको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीले समुदाय लक्षित सामाजिक कार्य सहकारी संस्थाले नियमित गराउन सके सहकारीको छवि समुदायमा बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक अध्यक्ष ईश्वरप्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मिनराज तिमिल्सिनाले गर्नुभएको श्रीराम सुबेदीले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

पाठकबाट थप