आईसीएको वार्षिक साधारण सभा नयाँ दिल्लीमा जारी, के के छन् एजेण्डा ?
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीएको वार्षिक साधारण सभा नयाँ दिल्लीमा जारी, के के छन् एजेण्डा ?

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को बार्षिक साधारण सभा भारतको राजधानी नयाँ दिल्लीमा आज जारी छ । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको अवसर पारेर आईसीएले आज बार्षिक साधारण सभाको कार्यक्रम राखेको हो । वार्षिक साधारण सभामा नेपालको सहकारी अभियानको पनि सहभागिता छ ।

मुलुकको सहकारी अभियानको शीर्षस्थ निकाय राष्टिर्य सहकारी महासंघ नेपालसँगै नेफ्स्कूनकातर्फबाट साधारण सभामा सहभागिता छ । सभामा नेफ्स्कूनकातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक शोभा कुमारी राउत तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहभागी हुनुहुन्छ भने महासंघका तर्फबाट पूर्व अध्यक्ष केशब प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेल तथा बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल सहभागी हुनुहुन्छ । महासंघ तथा नेफ्स्कून आईसीएका पूर्ण सदस्य हुन् ।

यस्तो छ आजको एजेण्डा

साधारण सभाले आईसीएको पछिल्लो १० वर्षे रणनीतिक योजनाको समीक्षा गर्नेछ । रुवाण्डाको किगालीमा सम्पन्न आईसीएको साधारण सभाको अनुमोदनसहित लागू गरिएको २०२०-२०३० को रणनीतिक योजना अन्तर्गत हालसम्म प्राप्त उपलब्धिहरुको समीक्षा तथा सिकाइबारे आजको सभामा छलफल हुनेछ । सभाले सन् २०२५ देखि २०३० सम्मको अवधिलाई कसरी बढी उपलब्मिूलक बनाउने विषयमा रणनीतिहरु तय गर्नेछ । 

यसैगरी, सहकारी परिचयसम्बन्धी विश्वव्यापी विमर्शको नतिजाहरुमा पनि छलफल गरी उक्त विषयमा सञ्चालक समितिले गरेका सिफारिश तथा सुझावहरुमा वृहत् छलफल गर्ने एजेण्डा छ । यस्तै, आईसीएका पूर्ण सदस्यहरुलाई प्रदान गरिने मतदान अधिकारमा संशोधन सम्बन्धी सञ्चालक समितिको सुझावमा पनि आज छलफल र निर्णय हुने बताइएको छ भने पूर्ण तथा एशोसिएट सदस्यहरुलाई लिइँदै आएको वार्षिक सदस्यता शुल्कमा पनि पुनरावलोकनको कार्यसूची रहेको छ ।

यसैगरी, आईसीए अध्यक्षका रुपमा एरियल ग्वार्कोको गत वर्षको नेतृवत्व कस्तो रह्यो भन्ने विषयको प्रतिवेदनसँगै विश्व संगठनका नयाँ महानिर्देशक एरोन डगलसको हालसम्मको व्यवस्थापकीय भूमिका समेटिएको प्रतिवेदनमा पनि बहस तथा छलफलको कार्यक्रम छ ।  

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप