तनहुँ । नेफ्स्कून खैरेनीटार सेवा केन्द्रको आयोजनामा व्यवसाय प्रवर्धनका लागि व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम असोज २२ गते सम्पन्न भएको छ । नेफ्स्कून सञ्चालक एवम् पोखरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले सहकारी इकोसिष्टमका लागि परिस्थिति अब सहज बन्दै गएको बताउनुभयो ।
उहाँले साकोसका व्यवस्थापकहरुलाई सदस्य केन्द्रीत भएर सेवा प्रवाहमा जुट्न आग्रह गर्नुभयो । साकोसहरुलाई स्वनियमन तथा सुशासनका लागि नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा आवद्ध हुनु अपरिहार्य भएको समेत उहाँले जीकिर गर्नुभयो । यसैगरी, स्थिरीकरण कोषमा योगदानका लागि पनि सञ्चालक गिरीले सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, 'यहाँहरुको संस्था नजिक सेवा दिन नेफ्स्कून आएको छ । यहाँहरुको साथ र सहयोग सोही कारण अपेक्षित पनि छ । अहिलेसम्मको सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा थप सहकार्यको विश्वास गर्दछु ।'
संघको पोखरा सदस्य सेवा कार्यालय प्रमुख दिप्ती आचार्यको पनि उपस्थिति रहेको कार्यक्रमको सञ्चालन नेफ्स्कून खैरेनीटार सेवा केन्द प्रमुख दिपक आर्चायले गर्नुभएको थियो । सो अवसरमा बडा दशैं र तिहार लगायतका चाडपर्वको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१० दिन अगाडि
२२ घण्टा अगाडि
६ दिन अगाडि