विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक, कृषि सहकारीहरुको बाहुल्यता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक, कृषि सहकारीहरुको बाहुल्यता

विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक गरिएको छ । यी सहकारीहरुको कूल बार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ जुन अघिल्लो आधार वर्ष भन्दा बढी हो । २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा ३ सय ठूला सहकारीहरुको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची २०२३ हालै सार्वजनिक गरेको हो । आईसीएले वार्षिक कारोबारको आधार र कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । दुबै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुको बाहुल्यता रहेको छ ।

सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रुपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरुको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरुमध्ये १०५ कृषि सहकारीहरु रहेको देखाएको छ । त्यस्तै, कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सय मध्ये १०३ कृषि सहकारीहरु नै छन् ।

पहिलो आधारमा बिमा सहकारीहरु ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरु ५७ वटा रहेका छन् । यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरुमा कृषि पछि ८७ वटा बिमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘टप थ्रिहन्डे«ड’ भित्र परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ ।

कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे रहेको छ । तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ । १२औं संस्करणको वल्ड कोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो ।

यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरु ३ सय ठूला भित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप