‘सहकारीका समस्या अब कानुनी संरचनाबाटै ‘अपरेसन’ गरेर निको पार्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीका समस्या अब कानुनी संरचनाबाटै ‘अपरेसन’ गरेर निको पार्नुपर्छ’

सहकारीका आफ्नै सिद्धान्त र मूल्य छन् । सहकारी बिग्रिनुमा सहकारीकर्मी र अभियन्ताहरुको मात्रै हात छैन, यसका सरकार र नियामक निकायको पनि उत्तिकै भूमिका छ भन्ने लाग्छ । सहकारी अभियानले पटक पटकका बैठक तथा कार्यक्रमहरुमा बारम्बार उठाउँदै आएको विषय प्रभावकारी अनुगमन प्रणाली हो । तर यसमा विभागको सुनुवाई भएन । सहकारीलाई कस्तो बनाउने भन्नेमा अभियान र सरकार दुवैंको संयुक्त हात छ । यो विषयलाई हामीले थाहा पाएर, अवलोकन गरेर अगाडि बढ्नुपर्छ, दुई चारवटा कानुनको संशोधन गर्दैमा समस्याको समाधान आउँदैन । सहकारीमा दोस्रो तहको नियामक निकायको विषयमा पनि आजभन्दा १२/१४ बर्ष अगाडिदेखिनै कुरा उठेको हो । खै आजसम्म कार्यान्वयनमा आउन सकेन । अब दोस्रो तहको नियामक निकायको औचित्यतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । सहकारीको नियमनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिने कि ? सहकारीलाई विभागलाई दिने ? 

अब बन्ने ऐन, नियम, कानुन अन्तर्गत रहेर सहकारीका विद्यमान अवस्थालाई कानुनी संरचनाबाटै अपरेसन गरेर निको पार्नुपर्ने बेला भएको छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई लागु गर्ने फिलोसोपी र सहकारीको दर्शनमा आकाश पातालको फरक छ । राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई आफुले कमाएको १०० प्रतिशत मानेर खा भन्छ, तर सहकारीले आम्दानीको ८२ प्रतिशत लोककल्याणकारी काममा खर्च गरेर १८ प्रतिशत सम्पूर्ण सदस्यलाई वितरण गर्न सक्ने प्राबधान छ । सहकारी सहकारी ऐन अन्तर्गत दर्ता हुन्छ, तर बैंक वित्तीय क्षेत्र कम्पनी ऐन अन्तर्गत दर्ता हुन्छ । त्यसकारण नेपाल राष्ट्र बैंकको सदासयता चाहिन्छ । तर सहकारीमा राष्ट्र बैंकको ‘इन्टरभेन्सन’ उपयुक्त हुँदैन । संसारकै अभ्यासलाई हेर्दा केही देशका सहकारी बैंकलाई राष्ट्र बैंकले अनुमति दिने र राष्ट्र बैंकले नै हेर्ने गरेको पाइएको छ । तर नेपालको हकमा भने यो अवस्थासम्म आइसकेका सहकारीहरुमा अब नेपाल राष्ट्र बैंकको ‘इन्टरभेन्सन’ निम्त्याउनुहुँदैन भन्ने मेरो विचार हो । सैद्धान्तिक विषयलाई हेर्दा पनि सहकारीको गभर्नेन्समा राष्ट्र बैंकको हस्तक्षेप उपयुक्त हुँदैन । 

ऐन कानुनमा भएको व्यवस्था अनुरुप अहिले पनि सहकारी विभागले फटाफट दर्ता दिइरहेको अवस्था छ । अहिलेको परिस्थितिलाई हेर्दा विद्यमान समस्या पूर्ण रुपमा समाधान नभएसम्मका लागि देशभर केही समय सहकारी दर्ताको काम रोक्नुपर्छ भन्ने लाग्छ । संख्या थप्न जरुरी छैन, भएका संघ र संस्थाहरुलाई पृष्ठपोषण गर्न ऐन नियममा के कस्तो संशोधन आवश्यक छ, त्यसतर्फ पहल गर्नुपर्छ भन्न चाहन्छु । समस्याको पूर्ण समाधानका हुने गरि समय सापेक्ष गतिविधिलाई विशेष ध्यान दिऔं भन्ने लाग्छ । 

अर्को सहकारीको संरचनालाई हेर्ने हो भने पनि चाहिने भन्दा बढी तहगत संरचना निर्माण भएका छन् । जापान, कोरिया जस्ता देशले एकीकरण ऐन ल्याएर ३०औं हजारको संख्यामा रहेका सहकारीलाई ५ बर्षको अवधिभित्र हजार/एघार सयको संख्यामा झारेका छन् । केन्द्र र प्रारम्भिक गरि दुई तहको मात्र संरचना कायम गरेका छन् । हाम्रोमा संरचनागत तह अत्याधिक भयो । संघीय संरचना के हुने हो, त्यसलाई हेरेर सकिन्छ केन्द्र र प्रारम्भिक गरी दुई तह र सकिदैन भने पनि बढीमा तीन तहको मात्रै संरचना कायम गरौं । 

(राष्ट्रिय योजना आयोगको सभाहलमा श्रावण १५ गते ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल–२०८०’ ले आयोजना गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप