सुर्खेतमा सहकारी सदस्य सक्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुर्खेतमा सहकारी सदस्य सक्षमता विकास तालिम सञ्चालन

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालित प्रगतिशिल महिला विकास साकोस र आलोपालो साकोसको सयुंक्त आयोजनामा सदस्य सक्षमता विकास तालिम सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको उक्त तालिम माघ २६ र २७ गते सञ्चालित थियो । 

तालिमको उद्घाटन दुवै साकोसका अध्यक्ष जानकी कुमारी तिमिल्सेना र कुल बहादुर खत्रीले संयुक्त रुपमा गर्नुभएको थियो । तालिममा दुवै साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अन्य उपसमिति सदस्यहरुको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष द्वयले प्रभावकारी सहकारी संस्था सञ्चालनमा सदस्य सक्षमता तालिम अत्यन्त उपलब्धिमुलक रहने विश्वास व्यक्त गर्नुभएको थियो । तालिमले सञ्चालक समितिले गर्ने आफ्ना काम, कर्तव्य, अधिकार साथै नीति, विधि र प्रविधि प्रयोग, कार्यान्वयन तथा एकरुपता विकासका लागि मार्गनिर्देश गर्नेहुँदा सहकारीको सुशासन अभिवृद्धि तथा संस्थागत विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभएको थियो । 

तालिममा उपस्थित सहभागिहरुलाई स्वागत मन्तव्य आलोपालो साकोसका अध्यक्ष कुल बहादुर खत्रीले गर्नु भएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उद्घाटन सत्रमा आलोपालो साकोसका व्यवस्थापक चरित्र बहादुर वि.सी. र समापन समारोहको कार्यक्रमको सञ्चालन प्रगतिशिल महिला विकास साकोसका व्यवस्थापक मनरुपा खरेल आयार्यले गर्नु भएको थियो । 

तालिम समापन समारोहका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले दुवै संस्थाले सदस्य र समुदायमा सर्हानीय काम गरेको र आगामी दिनमा पनि सदस्यको विश्वास जित्न सक्ने गरी वीरेन्द्रनगर नगरपालिकाकै नमूना संस्थाको रुपमा अगाडि बड्न सकोस भनी शुभकामना व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरणका क्रममा प्रशिक्षक घिमिरेले सहकारीका सञ्चालक समिति तथा उपसमितिको काम कर्तव्य अधिकार, सहकारीका सिद्धान्त, आन्तरिक लेखासुपरिवेक्षण समितिको काम कर्तव्य अधिकार, आन्तरिक नियन्त्रण प्रणाली, नेतृत्व हस्तान्तरण, नेतृत्व सीप, लगायतका विभिन्न विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । तालिमको व्यवस्थापन सहजीकरण नेफ्स्कून फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप