बनेपामा नेफ्स्कून स्तरीकरण कार्यक्रम–प्रोबेसन अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपामा नेफ्स्कून स्तरीकरण कार्यक्रम–प्रोबेसन अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) बनेपा फिल्ड कार्यालयको आयोजनमा काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित साकोसहरुलाई लक्षित गरि एक दिवसीय पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसन अभिमुखीकरण सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रम नेफ्स्कूनका सञ्चालक सदस्य एवम् बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमित संयोजक जीवसराज खड्काको अध्यक्षतामा भएको थियो । बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रोशन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न १७ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २१ जना पदाधिकारी एवं व्यवस्थापकहरुको  सहभागिता रहेको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका सहायका कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिना र बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । 

कार्यक्रममा उठेका जिज्ञासामाथि सहजकर्ता द्वय तिमल्सिना र न्यौपानेले प्रष्ट्याउनुभएको थियो । 

कार्यक्रममा आफ्ना जिज्ञासा राख्दै नवदुर्गा साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत दिपक प्रसाद तिमल्सिनाले संस्था प्रोबेसन कार्यक्रममा सहभागी हुनु अघि र आबद्ध भैसकेपछि संस्थामा आएको परिवर्तन र यसको उपादेयता बारे सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । 
कार्यक्रमको अन्त्यमा सभाध्यक्षले साकोसहरुको सबलीकरण र संस्थालाई दिगो बनाउनका लागी स्तरीरकण कार्यक्रमा आबद्ध हुदै सदस्यहरुलाई व्यावसायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम पश्चात् काभ्रेको पिपुल्स साकोसले प्रोबेसन कार्यक्रम सम्झौता गरेको थियो । सम्झौता कार्यक्रममा नेफ्स्कूनको तर्फबाट बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने र साकोसका तर्फबाट उपाध्यक्ष पवन राज कर्णजीतले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता पत्रमा संघका सञ्चालक जीवसराज खड्का उपस्थित हुनुहुन्थ्यो । 

२०६२ सालमा स्थापित पिपुल्स साकोसले काभ्रेको बनेपा नगरपालिका वडा नं. ८ मा कार्यालय राखी कुल ५ हजार ९ सय ५२ सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको छ । हाल संस्थाको कुल वासलात ३१ करोड ५४ लाख रहेको छ । साकोस जोखिममा आधारित साकोस सुपरिवेक्षण कर्ब्स कार्यक्रममा समेत सहभागी थियो ।

कार्यक्रम संयोजन/सञ्चालन बनेपा फिल्ड कार्यालका बरिष्ठ सहायक प्रेमहरी मैनालीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप