श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

भैरहवा । श्री त्रिशूल बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना (२०८३–२०८७) तर्जुमा गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने कार्यशाला असार २० गते सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष धिरा कुमारी क्षेत्रीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपाध्यक्ष मनमीत सिंह गान्धीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का तालिम विभागका वरिष्ठ अधिकृत कोमल राज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

असार १९ र २० गते दुई दिनसम्म सञ्चालन भएको कार्यशालामा संस्थाको वर्तमान अवस्था, वित्तीय तथा संस्थागत विश्लेषण, क्ध्इत् विश्लेषण, रणनीतिक प्राथमिकता, वार्षिक लक्ष्य, जोखिम व्यवस्थापन, सुशासन, प्रविधिमैत्री सेवा विस्तार, सदस्य केन्द्रित कार्यक्रम तथा दीर्घकालीन संस्थागत विकासका विषयमा समूहगत छलफल, प्रस्तुतीकरण र अन्तरक्रिया गरिएको थियो। छलफलबाट प्राप्त सुझावका आधारमा आगामी चार वर्षका लागि संस्थाको रणनीतिक दिशा तथा आर्थिक वर्ष २०८३÷८४ का प्रमुख कार्यक्रमहरू तय गरिएको छ ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कानुनी सल्लाहकार, सल्लाहकार तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।  सहभागीहरूले संस्थाको दिगो विकासका लागि साझा दृष्टिकोण, उत्तरदायित्व र प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

समापन समारोहमा संस्थाका कानुनी सल्लाहकारले मन्तव्य व्यक्त गर्दै कानुनी अनुशासन, सुशासन र योजनाको प्रभावकारी कार्यान्वयन नै संस्थाको सफलताको आधार भएको बताउनुभएको थियो । अध्यक्ष धिरा कुमारी क्षेत्रीले सम्पूर्ण सहभागी, प्रशिक्षक तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यशालाबाट तय भएका योजना र रणनीतिलाई व्यवहारमा उतारेर संस्थालाई अझ सक्षम, पारदर्शी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सरिता रानाले गर्नुभएको थियो ।

भर्खरै
मध्य नेपाल साकोसको एक्सेस प्रतिवेदन समीक्षा सम्पन्न

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला अभियान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

७ दिन अगाडि

पाठकबाट थप