साकोस सुदृढीकरण कार्यक्रम अभिमूखीकरणको शुरुवात
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सुदृढीकरण कार्यक्रम अभिमूखीकरणको शुरुवात

झापा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र DSIK जर्मनको संयुक्त आयोजनामा सञ्चालित साकोस सुदृढीकरण कार्यक्रम अन्तर्गत व्यवसाय विकास तथा लघु उद्यम प्रर्बद्धन कार्यक्रमको अभिमुखीकरण नेफ्स्कूनको सदस्य संस्था साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., झापामा असार १८ गते सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनको सहभागितामा सञ्चालित कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, परामर्शदाता सञ्जय झा तथा प्राविधिक विज्ञ मि. यान वायर Mr. Jan Bayer, DSIk  ले कार्यक्रमको उद्देश्य, कार्यान्वयन प्रक्रिया र सहकारी क्षेत्रमा यसको महत्वबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरूसँग अन्तरक्रियात्मक छलफल समेत भएको थियो ।

छलफलका क्रममा संस्थाका नेतृत्व र उच्च व्यवस्थापनको सहभागीहरूले सहकारी संस्थाको दिगो विकासका लागि व्यवसाय विकास र लघु उद्यम प्रर्बद्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । सहकारीहरूले साना उद्यमीलाई लक्षित गरी प्रभावकारी रूपमा ऋण प्रवाह गर्न सके संस्थाको वित्तीय स्थायित्व र सदस्यको आर्थिक सशक्तीकरणमा योगदान पुग्ने बताएका थिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा सहकारी विभागसँग विना धितो ऋण लगानीको सीमा वृद्धि गर्न, ऋण असुली प्रक्रियालाई सहज बनाउने कानूनी व्यवस्था गर्न तथा सहकारीमैत्री नीतिलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।

कार्यक्रमको समापन गर्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले कार्यक्रममा उठेका सुझाव र जिज्ञासालाई संस्थाले गम्भीरतापूर्वक लिने बताउनु भएको थियो । उहाँले नेफ्स्कूनको पहलबाट सम्बोधन गर्न सकिने विषयमा आवश्यक कदम चाल्ने तथा कानुनी र नीतिगत सुधार आवश्यक पर्ने विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग र सम्बन्धित मन्त्रालयसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गनुभएको थियो । यस कार्यक्रमलाई डिएसआइके जर्मनीले प्राविधिक सहयोग गर्ने र यसको पूर्ण कार्यान्वयन नेफ्स्कूनले गर्ने वताउनु भएको थियो । 

 संघको सदस्य संस्थाहरुमा लगिने विश्वास समेत दिलाउनु भएको थियो । यस कार्यक्रमलाई सहारा नेपाल साकोसको अध्यक्ष हरि प्रसाद निरौलाले समेत अपनत्व लिनु भएको थियो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा चितवन औद्योगिक विकास साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा चितवन औद्योगिक विकास साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

जनउत्थानद्वारा विद्यार्थी सम्मान तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन
जनउत्थानद्वारा विद्यार्थी सम्मान तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

१ दिन अगाडि

मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन
मकवानपुर स्थित महिला कल्याण साकोसको नेफ्स्कूनद्वारा अनुगमन

२ दिन अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत डाँफे सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न
सिन्धुलीमा सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

२ दिन अगाडि

सुस्ता स्थित सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
सुस्ता स्थित सामुदायिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर्ने प्रतिबद्धता
नेफ्स्कूनद्वारा बालकुमारी साकोसको सुपरीवेक्षण प्रतिवेदनमाथि समीक्षा, सुधार कार्ययोजना कार्यान्वयन गर...

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन
नेफ्स्कूनद्वारा मिलिजुली कालिन्चोक साकोसको स्क्यान कार्यक्रम अन्तर्गत अनुगमन

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
चितवन स्थित फिस्लिङ साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१५ दिन अगाडि

पाठकबाट थप