चन्द्रागिरी साकोसको संस्थागत सुदृढीकरणमा जोड, एक्सेस कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरी साकोसको संस्थागत सुदृढीकरणमा जोड, एक्सेस कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

काठमाडौं । चन्द्रागिरी नगरपालिका–७, थानकोट स्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित एक्सेस कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ । 

असार ८ र ९ गते भएको सुपरिवेक्षण एशियाली ऋण महासंघको प्राविधिक सहयोग तथा नेफ्स्कूनको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमअन्तर्गत गरिएको हो ।

सुपरिवेक्षण कार्यक्रममा संस्थाका अध्यक्ष शिवशंकर मानन्धर, नियमित अनुगमन तथा जोखिम व्यवस्थापन उपसमिति संयोजक सोहिल मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठसहित व्यवस्थापनको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले स्क्यान कार्यक्रमलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिएको जानकारी गराउँदै संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहका लागि योजनाबद्ध सुधारलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सहकारी संस्थाहरूले असल अभ्यासलाई आत्मसात् गर्दै सदस्यकेन्द्रित सेवामा थप प्रभावकारिता ल्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले चन्द्रागिरी साकोसले जोखिम व्यवस्थापन, व्यवसायिक विकास तथा डिजिटल रूपान्तरणका क्षेत्रमा निरन्तर सुधारका प्रयासहरू अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले डिजिटल सेवाको विस्तार र प्रविधिमैत्री व्यवस्थापन प्रणालीमार्फत सदस्य सेवामा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको थियो ।

अध्यक्ष शिवशंकर मानन्धरले सुपरिवेक्षणका क्रममा प्राप्त सुझाव तथा सिफारिसहरूलाई संस्थाको सुधार र विकासका लागि मार्गदर्शनका रूपमा ग्रहण गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत दीपक अर्याल र सोबिता मैनालीले स्थलगत सुपरिवेक्षण सम्पन्न गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप