मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मधेस प्रदेशका चार सहकारी संस्थाको नेफ्स्कूनद्धारा अवलोकन 

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको उच्चस्तरीय टोलीले मधेस प्रदेशका चार उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन तथा अन्तरक्रिया जेठ २९ गते सम्पन्न गरेको छ । 

सहकारी क्षेत्रको वर्तमान अवस्था, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सदस्यकेन्द्रित सेवाको प्रभावकारिताबारे प्रत्यक्ष जानकारी लिन गरिएको भ्रमणलाई सहकारी अभियानको सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, जनकपुर सदस्य सेवा कार्यालय प्रमुख राजेन्द्र ढकाल तथा सर्लाही इन्चार्ज प्रेमहरी मैनाली सम्मिलित टोलीले द सहारा साकोस, राजश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड का पदाधिकारी तथा व्यवस्थापनसँग विस्तृत छलफल गरेको थियो ।

द सहारा साकोस : समावेशी वित्तीय सशक्तीकरणको नमूना
सर्लाहीको मलंगवा स्थित द सहारा साकोसको भ्रमणका क्रममा साकोसले सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई व्यवहारमा रूपान्तरण गर्दै विभिन्न धर्म, जाति, पेशा तथा व्यवसायमा आबद्ध समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिएको थियो । वि.सं. २०५१ सालमा स्थापना भएको संस्थामा हाल करिब ३४ हजार सदस्य आबद्ध छन् भने कुल पूँजी ९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सदस्यमा बचत संस्कृतिको विकास, उत्पादनशील क्षेत्रमा लगानी प्रवाह तथा जीवनस्तर उकास्ने लक्ष्यसहित संस्थाले सफलता हासिल गरेको भन्दै नेफ्स्कून नेतृत्वले संस्थाको प्रशंसा गरेको थियो । छलफलमा अध्यक्ष नागेन्द्र प्रसाद यादव, उपाध्यक्ष सत्यनारायण अग्रवाल, सञ्चालक भुपेन्द्र कुमार महतो, सल्लाहकार सुरेन्द्र कुमार लाल, मुख्य प्रबन्धक राजन हरि श्रेष्ठ तथा प्रशासनिक प्रमुख रञ्जन कुमार जसवाल लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।

राजश्री साकोस : सानो कोठाबाट २९ अर्ब पूँजीको यात्रासम्म
भ्रमणको अर्को महत्वपूर्ण गन्तव्य बनेको राजश्री बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनले सञ्चालन गरिरहेको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम सम्बन्धी विस्तृत छलफल गरिएको थियो । यस अवसरमा अध्यक्ष ढकालले स्क्यान कार्यक्रमको उद्देश्य, संस्थागत जोखिम व्यवस्थापनमा यसको भूमिका तथा सदस्य संस्थाले प्राप्त गर्ने लाभबारे जानकारी गराउनुभयो । वि.सं. २०५२ सालमा मलंगवाको एउटा सानो कोठाबाट सीमित स्रोत–साधनका बीच सुरु भएको राजश्री साकोस आज मधेस प्रदेशदेखि काठमाडौंसम्म फैलिएका १६ सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थाको कुल पूँजी २९ अर्ब रुपैयाँ पुगेको छ, जसले यसलाई देशकै अग्रणी सहकारी संस्थामध्ये एकका रूपमा स्थापित गरेको छ । संस्थाका अध्यक्ष नगेन्द्र कुमार ले तीन दशकको यात्रामा पारदर्शिता, सदस्य विश्वास र व्यावसायिक व्यवस्थापनकै कारण संस्थाले उचाइ हासिल गरेको बताउनुभयो । छलफलमा उपाध्यक्ष तपेश्वर चौधरी, सञ्चालक सदस्यहरू ध्रुवनारायण प्रसाद कुशवाह, चुन्नुदेवी चौधरी, दयाकान्त मिश्र तथा महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

स्वस्तिक साकोस : प्रोवेसन ब्राण्ड मार्फत गुणस्तरीय अभ्यासको पहिचान
ईश्वरपुर नगरपालिका–६, बयलवास स्थित स्वस्तिक साकोसले नेफ्स्कूनद्वारा सञ्चालित प्रोवेसन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ मा प्रोवेसन ब्राण्ड प्राप्त गरी संस्थागत गुणस्तर र व्यवस्थापकीय उत्कृष्टताको परिचय दिएको छ । वि.सं. २०५६ सालमा स्थापना भएको संस्थाको कुल पूँजी ३८ करोड रुपैयाँ रहेको छ भने ४,५०० भन्दा बढी शेयर सदस्य तथा ११ कर्मचारी मार्फत सेवा प्रवाह भइरहेको छ । भ्रमणका क्रममा साकोसका अध्यक्ष विष्णुहरि मैनाली र व्यवस्थापक विनोद थापा सँग संस्थाको प्रगति, सेवा विस्तार तथा भावी रणनीतिबारे छलफल भएको थियो ।

चमेली साकोसमा समसामयिक सहकारी बहस
यसैगरी, बयलवास स्थित चमेली साकोसमा प्रमुख कार्यकारी अधिकृत भरत शाह तथा व्यवस्थापन तहका कर्मचारीसँग सहकारी क्षेत्रका समसामयिक चुनौती, अवसर र संस्थाका पछिल्ला गतिविधिबारे विचारविमर्श गरिएको थियो । छलफलका क्रममा सदस्यमैत्री सेवा, संस्थागत क्षमता विकास, वित्तीय अनुशासन र दीर्घकालीन दिगोपनाका विषयमा विशेष जोड दिइएको थियो । 

सहकारी सुदृढीकरणका लागि सहकार्य विस्तार गर्ने प्रतिबद्धता
भ्रमणको समापनमा नेफ्स्कून नेतृत्वले चारै संस्थाले सदस्यकेन्द्रित सेवा, सुशासन, वित्तीय अनुशासन तथा सहकारी मूल्य–मान्यताको प्रवद्र्धनमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गरेको थियो । अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि गर्न पारदर्शिता, उत्तरदायित्व र व्यावसायिकताको विकल्प नरहेको उल्लेख गर्दै संस्थागत सुदृढीकरणका लागि नेफ्स्कून र सदस्य संस्थाबीचको सहकार्य अझ सघन बनाइने विश्वास व्यक्त गर्नुभयो।
मधेस प्रदेशका सहकारी संस्थाहरूले वित्तीय पहुँच विस्तार, सदस्य सशक्तीकरण र स्थानीय आर्थिक विकासमा खेलेको प्रभावकारी भूमिकाको प्रत्यक्ष अवलोकनका रूपमा यो भ्रमणलाई सहकारी अभियानको नयाँ ऊर्जा र प्रेरणाको स्रोतका रूपमा हेरिएको छ ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप