सिन्धुलीमा ‘म्यानेजर्स बुटक्याम्प’ सम्पन्न : सहकारी व्यवस्थापनमा नयाँ ऊर्जा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा ‘म्यानेजर्स बुटक्याम्प’ सम्पन्न : सहकारी व्यवस्थापनमा नयाँ ऊर्जा

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) जनकपुर सदस्य सेवा कार्यालयको आयोजनामा सिन्धुलीमा सञ्चालित तीनदिने ‘म्यानेजर्स बुटक्याम्प’ जेठ २८ गते सम्पन्न भएको छ ।

जेठ २६ गतेदेखि सञ्चालन भएको बुटक्याम्प सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यावसायिक दक्षता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको थियो । 

कार्यक्रममा सहकारी व्यवस्थापनमा देखिएका समसामयिक चुनौती तथा तिनका समाधानका उपायबारे गहन छलफल गरिएको थियो । 

तालिममा सिन्धुली तथा आसपासका २३ वटा बचत तथा ऋण सहकारी संस्थाका २७ जना व्यवस्थापकहरूको सहभागिता रहेको थियो । बुटक्याम्प मार्फत सहभागीहरूलाई रणनीतिक योजना निर्माण, जोखिम व्यवस्थापन तथा सदस्य सेवालाई थप गुणस्तरीय बनाउने विषयमा आवश्यक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना र अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । उहाँहरूले सहकारी ऐन, नियमावली तथा नेफ्स्कूनका मापदण्डअनुसार संस्था सञ्चालन गर्ने विधि र प्रविधिबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा बोल्दै तालिम व्यवस्थापक तथा नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयका प्रमुख राजेन्द्र ढकालले सहकारी संस्थाको दिगोपन र संस्थागत सुदृढीकरणमा व्यवस्थापकहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सहकारी संस्थालाई प्रविधिमैत्री र व्यावसायिक बनाउन तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

यस बुटक्याम्पले सहभागी व्यवस्थापकहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र व्यावसायिक दृष्टिकोण विकास गरेको छ भन्ने विश्वास लिएको बताउनुभयो । 

सहभागीहरूले तालिमले दैनिक कार्यसम्पादनका क्रममा सामना गर्नुपर्ने जटिलताहरू समाधान गर्न तथा संस्थागत नेतृत्व क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । तालिम अवधिभर समूहगत कार्य, केस स्टडी तथा प्रयोगात्मक अभ्यास मार्फत सिकाइलाई प्रभावकारी बनाइएको थियो ।

नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूलाई सक्षम, प्रतिस्पर्धी र व्यावसायिक बनाउने उद्देश्यका साथ यस्ता तालिम तथा कार्यशाला नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । सिन्धुलीमा सम्पन्न बुटक्याम्पले सहभागी संस्थाहरूको सेवा प्रवाह तथा संस्थागत व्यवस्थापनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप