नेफ्स्कूनद्वारा रत्नेचौर महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा रत्नेचौर महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

म्याग्दी । बेनी नगरपालिका ०१ म्याग्दी स्थित रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण अनुगमन कार्यक्रम अन्तर्गत गत जेठ २४ गते उक्त सुपरिवेक्षण कार्य सम्पन्न गरिएको हो ।

नेफ्स्कूनले देशभरका सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि स्थलगत अनुगमन कार्यलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ । यसै क्रममा संस्थाको समग्र स्तरीकरणका लागि गरिएको उक्त सुपरिवेक्षणका क्रममा बचत, ऋण, ब्याजदर, वार्षिक कार्ययोजना र बजेट व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

साथै संस्थाले सम्पत्ति शुद्धीकरण निवारण नीतिको पालना गरे÷नगरेको, नियामक निकायहरूबाट समय–समयमा जारी भएका निर्देशनहरूको परिपालनाको अवस्था कस्तो रहेको र संस्थाको भाखा नाघेको ऋण असुलीको प्रक्रिया कसरी अगाडि बढिरहेको छ भन्ने जस्ता महत्वपूर्ण प्राविधिक तथा वित्तीय सूचकहरूमाथि विस्तृत रूपमा सुपरिवेक्षण तथा मूल्याङ्कन गरिएको थियो ।

अनुगमनका क्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काले स्थलगत रूपमा संस्थाको समग्र आर्थिक अवस्था र सहकारीले सदस्यहरूलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाको विषयमा आवश्यक प्राविधिक सुझावहरू प्रदान गर्नुभएको थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत मनोज खड्काद्धारा गरिएको सुपरिवेक्षणमा प्राप्त रचनात्मक सुझावहरूलाई आत्मसाथ गर्दै आगामी दिनमा संस्थालाई थप परिमार्जन, सुधारउन्मुख र सुशासित बनाउँदै लैजाने प्रतिबद्धता साकोसको तर्फबाट व्यक्त भएको छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप