भियतनामको सहकारी मोडेल : नेपालको सहकारी क्षेत्र पुनर्जागरणको प्रभावकारी मार्गदर्शन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भियतनामको सहकारी मोडेल : नेपालको सहकारी क्षेत्र पुनर्जागरणको प्रभावकारी मार्गदर्शन

एशियाली ऋण महासंघ (अकू) द्वारा संयोजन गरिएको “भियतनाम अध्ययन अवलोकन कार्यक्रम २०२६” ले नेपालको सहकारी क्षेत्रका लागि गहिरो सिकाइ, आत्मसमीक्षा तथा रूपान्तरणकारी सोचको महत्वपूर्ण अवसर प्रदान गरेको छ । सहकारी बैंक भियतनाम तथा भियतनाम सदस्य बचत तथा ऋण कोष महासंघद्वारा अवलम्बन गरिएको सहकारी वित्तीय मोडेलले सहकारी प्रणालीलाई कसरी सुरक्षित, व्यवस्थित, सदस्यकेन्द्रित तथा दिगो बनाइन्छ भन्ने विषयमा व्यवहारिक र प्रेरणादायी दृष्टान्त प्रस्तुत गरेको छ । नेपालको वर्तमान सहकारी संकटसँग तुलना गर्दा भियतनामको अभ्यास केवल अनुकरणीय मात्र होइन, नेपालको सहकारी आन्दोलन पुनर्जीवित गर्ने प्रभावकारी मार्गचित्रका रूपमा समेत स्थापित भएको देखिन्छ ।

भियतनामको “जनताको बचत तथा ऋण कोष” प्रणाली विश्वकै सफल सहकारी सूक्ष्म वित्तीय सञ्जालमध्ये एकका रूपमा परिचित छ । सन् २०२५ सम्ममा १,१४६ सदस्य संस्था आबद्ध रहेको यस सञ्जालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बचत परिचालन, साना उद्यम प्रवद्र्धन तथा आर्थिक समावेशीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस प्रणालीको केन्द्रीय आधारका रूपमा रहेको सहकारी बैंक भियतनामले सदस्य संस्थाहरूलाई तरलता व्यवस्थापन, डिजिटल सेवा विस्तार, थोक वित्तीय सहयोग तथा जोखिम व्यवस्थापनमा सहजीकरण गर्दै सम्पूर्ण सहकारी प्रणालीलाई सुदृढ बनाएको छ । त्यस्तै, भियतनाम सदस्य बचत तथा ऋण कोष महासंघले नीति पैरवी, व्यावसायिक तालिम, सदस्य सशक्तीकरण तथा प्रविधिमैत्री प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

 भियतनामको सफलताको मूल आधार भनेको बलियो नियामकीय संरचना, स्पष्ट संस्थागत उत्तरदायित्व, सदस्य स्वामित्व तथा राष्ट्रिय बचत सुरक्षा कोष हो । त्यहाँको केन्द्रीय बैंकले सहकारी क्षेत्रलाई निरन्तर अनुगमन गर्दै जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा पारदर्शितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरेको छ । डिजिटल रूपान्तरण, हरित बैंकिङ अभ्यास तथा सदस्य सहभागितालाई उच्च प्राथमिकतामा राखिएको कारण सहकारीप्रति जनविश्वास मजबुत बनेको देखिन्छ ।

यसको ठीक विपरीत, नेपालको सहकारी क्षेत्र हाल गम्भीर संकटबाट गुज्रिरहेको छ । कमजोर सुशासन, राजनीतिक हस्तक्षेप, अपर्याप्त नियमन, बचत दुरुपयोग, जोखिम व्यवस्थापनको कमी तथा डिजिटल पूर्वाधारको अभावका कारण सहकारीप्रतिको जनविश्वास निरन्तर कमजोर बन्दै गएको छ । सार्वजनिक प्रतिवेदनहरू अनुसार अर्बौँ रुपैयाँ बराबरको बचत अपचलन भएको घटनाले हजारौँ बचतकर्तालाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको छ । यसले सहकारी आन्दोलनको विश्वसनीयता र सामाजिक आधारलाई समेत चुनौती दिएको अवस्था छ ।

यस्तो परिस्थितिमा नेपालले भियतनामको सहकारी मोडेलबाट गम्भीर रूपमा पाठ सिक्न आवश्यक देखिन्छ । वित्तीय सहकारीका लागि छुट्टै कानुनी व्यवस्था, राष्ट्रिय बचत संरक्षण कोष, प्रभावकारी नियमन, जोखिममा आधारित अनुगमन प्रणाली तथा डिजिटल संरचनाको विकास आजको अपरिहार्य आवश्यकता बनेको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सहकारी प्रणालीको केन्द्रीय वित्तीय केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ भने नेफ्स्कूनजस्ता शीर्ष संस्थाहरूले तालिम, सुशासन, प्रविधि विकास तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

सहकारीको वास्तविक शक्ति सदस्यमा आधारित हुने भएकाले सदस्यहरूको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ । पारदर्शिता, जवाफदेहिता तथा वित्तीय अनुशासन सुनिश्चित गर्न सदस्यहरू स्वयं सचेत, जिम्मेवार र सक्रिय बन्न आवश्यक छ । सहकारी आन्दोलनलाई पुनः विश्वसनीय, सुरक्षित तथा सदस्यमुखी बनाउन संस्थागत सुधारसँगै सदस्य चेतनाको विकास पनि उत्तिकै अपरिहार्य देखिन्छ । भियतनामको सहकारी मोडेलले स्पष्ट रूपमा प्रमाणित गरेको छ कि सही नीति, बलियो संस्था, प्रभावकारी नियमन तथा सदस्यकेन्द्रित अभ्यास भए सहकारी क्षेत्रलाई दिगो, सुरक्षित र विश्वसनीय बनाउन सकिन्छ । नेपालको सहकारी आन्दोलनमा अझै पनि विशाल सम्भावना विद्यमान छ । अब आवश्यकता केवल सुधारप्रतिको दृढ इच्छाशक्ति, संस्थागत प्रतिबद्धता र सामूहिक उत्तरदायित्वको हो ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१५ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१५ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१८ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

जनहितकोष साकोसको दोस्रो स्क्यान सुपरिवेक्षण सम्पन्न
जनहितकोष साकोसको दोस्रो स्क्यान सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप