पारिजात साकोसद्धारा बचत खेल तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पारिजात साकोसद्धारा बचत खेल तालिम सञ्चालन

काठमाडौं । पारिजात बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना, जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग (German Sparkassenstiftung) को सहयोग तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा दुई दिवसीय बचत खेल (Savings Game) तालिम आइतवार सम्पन्न भएको छ ।

वैशाख १९ र २० गते सञ्चालित तालिममा सुर्यविनायक नगरपालिका ५, कटुञ्जे, स्थित रहेको साकोसका सञ्चालक समिति,सदस्य, व्यवस्थापक, शिक्षा उपसमिति सदस्य तथा कार्यरत कर्मचारीहरु गरि २५ जनाको सहभागिता रहको थियो । 

बचत खेल तालिमको मुख्य उद्देश्य कर्मचारीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै उनीहरुलाई व्यवहारिक रूपमा बचत र खर्च व्यवस्थापनका सीप बारे प्रशिक्षण गराई सदस्यहरुलाई सीप हस्तान्तरण गर्न सक्ने बनाउनु हो । 

बचत खेल तालिम एक नविन अभ्यासात्मक पद्धति हो, जसअन्तर्गत सहभागीहरुले खेल माध्यमबाट वित्तीय निर्णय, जोखिम मूल्याङ्कन, बजेट निर्माण, बचत रणनीति, ऋण व्यवस्थापन लगायतका विषयहरुमा ज्ञान हासिल गर्न सक्नेछन् । प्रशिक्षकहरुका अनुसार यस्तो प्रकारको तालिमले कर्मचारीहरुको सेवा क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन सत्रमा पारिजात साकोसका अध्यक्ष टंक राज काफ्लेले सहकारीका कर्मचारीहरूलाई वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम संस्थाको दीर्घकालीन रणनीतिसँग जोडिएको र सदस्यहरुमाझ बचतका सीप सिकाउन समेत उपयोगी हुने धारणा राख्नुभएको थियो । यस्ता तालिमहरुले सहकारी संस्था र सेवाग्राही दुवैको हितमा सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका अधिकृत रामप्रसाद सापकोटा र प्रकाश अधिकारीले गर्नुभएको थियो भने सञ्चालन साकोसका सचिव किरण थापाले गर्नुभएको थियो । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप