धनुषाको शुभश्री साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाको शुभश्री साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

धनुषा । शुभश्री  बचत तथा ऋण सहकारी संस्था लिमिटेड सबैला  नगरपालिका –१२ धनुषा , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालनमा रहेको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा फल्गुण २७ गते औपचारिक रूपमा आबद्ध भएको छ ।

नेफ्स्कूनले यसअघि एक्सेस, प्रोवेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कब्र्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसर पारेर स्क्यान कार्यक्रमको शुभारम्भ गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ तथा दफा ९९ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नियमनकारी निकायहरूद्वारा जारी निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमहरूको अवस्थाको विश्लेषण गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यसहित कार्यक्रम लागू गरिएको हो ।

सम्झौतामा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र संस्थाका  प्रमुख कार्यकारी अधिकृत विजय कुमार महत्तोले  हस्ताक्षर गर्नुभएको छ । साकोसका तर्फबाट ब्यबस्थापक कामेश्वोर कुमार महत्तो साथै नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत महेश बराल र सहजकर्ता श्याम बुढाथोकीको रोहवरमा स्क्यानको औपचारीक सम्झौता सम्पन्न भएको थियो ।

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

४ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२२ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

४ घण्टा अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप