नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

काठमाण्डौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३४ औं वार्षिक साधारण सभा पौष ४ गते हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा  हुँदैछ । पुष ४ गते दिउसो १२:३० वजे हुने  सधारण सभाका लागि व्यवस्थापन लगायत सम्पूर्ण तयारी पूरा भैसकेको कुरा नेफ्स्कूनले जनाएको छ । देशभरबाटै  प्रतिनिधिहरु काठमाण्डौंमा आइसक्नुभएको छ भने आसपासका केही जिल्लाका बाँकी प्रतिनिधिहरु पौष चार गते बिहानसम्म आइसक्नुहुने छ । 

राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुलचोक ललितपुरले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुको साधरण सभा संचालन सम्बन्धमा जारी निर्देशनको अधिन भित्र रही साधारण सभा सम्पन्न गर्ने कुरा नेफ्स्कूनले जनाएको छ  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सद्ध लिमिटेड (नेफ्स्कून) विगत ३८ वर्षदेखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्न कियाशिल रहेको बचत तथा ऋण सहकारी संघ सस्थाहरूको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय निकाय हो ।  

नेपालका ७७ जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने ४००० भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू, ५९ बटा जिल्ला बचत संघहरू र ४ बटा प्रादेशिक करिब ५९ लाख व्यक्तिगत सदस्यहरू रहेको यस केन्द्रीय संघ स्थापनाकाल देखि नै विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय संघ संगठनहरूको सदस्य रहेको छ । साथै यस संघले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूबाट विकसित साकोस समाधानहरूको प्रबद्र्धन र कार्यन्वयन गर्दै बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

बचत तथा ऋण सहकारीको विषयगत केन्द्रीय संघ भएका कारण बचत तथा ऋण सहकारी अभियानको पक्षमा वकालत गर्ने, संस्थागत विकास गर्ने, वित्तीय सहजीकरण गर्ने, प्रविधि निर्माण एवम् विस्तार गर्ने, तालिम शिक्षाहरू उपलब्ध गराउने र अन्तर्राष्ट्रिय अभ्यास मार्फत सुशासन प्रवर्धन गर्ने यो संघको साधरण सभालाइ नेपालको सहकारी अभियानले विशेष महत्वका साथ हेरिरहेको छ ।

नेफ्स्कूनको ३४ औं वार्षिक साधारण सभा नेपालको साकोस अभियानको लागि साँच्चिकै अविष्मरणीय हुने विश्वास संघको सञ्चालक समितिले लिएको छ । पुस ३ र ४ गते हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा नै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा पाँचौं साकोस शिखर गोष्ठी–२०८२ को समापनसँगै साधारण सभालाई जोडिएकाले सहभागितामूलक, उत्साहपूर्ण र अविष्मरणीय हुने बिश्वाश नेफ्स्कूनले लिएको छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई समेत ध्यानमा राखी आन्तरिक पर्यटन प्रवर्धनको ‘सेकेन्डरी’ उद्देश्य यो वार्षिक साधारण सभाको रहेको छ । 

साधारणसभाको कार्यसूची उपर कारवाही प्रारम्भ हुनेछ, त्यसैगरी, अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन उपर छलफल र सदस्यहरुको राय, सल्लाह र सुझाव समेटी पारित गर्ने कार्यसूची रहेको छ । वार्षिक साधारण सभामा सदस्य संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएर नेपालको बचत तथा ऋण अभियानलाई सही दिशानिर्देश गर्न संघले सबैलाई आग्रह गरेको छ । साधारणसभामा उपस्थिति भएर निर्णय प्रक्रियामा सहभागी जनाउनुका लागि संघले अपील गरेको छ ।  

साधारण सभामा सहभागी हुने प्रतिनिधिहरुलाई सभास्थलमा सहज रुपमा आवतजावतका लागि यातायातको सहजीकरणकोे लागि हेल्प डेस्क स्थापना गरिएको छ । यसले गर्दा साधारणसभा प्रतिनिधिहरुलाई होटलमा जान आउन सहज हुने विश्वास संघको छ । 

नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा काठमाडौंमा बसेको संघ सञ्चालक समितिको कार्तिक १४ गते बसेको बैठकले ३४ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो । नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति  तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति रहेको छ । ७६ जिल्लामा पहुँच रहेको बचत तथा ऋण विषयक मुलुकको एक मात्र केन्द्रीय संघमा हाल ४ प्रदेश बचत संघ, ६५ जिल्ला बचत संघ, ४ हजार ६ सय बढी प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

२ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप