साकोस शिखर गोष्ठी–२०२५ को सम्पुर्ण तयारी पुरा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 साकोस शिखर गोष्ठी–२०२५ को सम्पुर्ण तयारी पुरा

काठमाण्डौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा आगामी पौष ३ र ४ गते हेरिटेज गार्डन, सानेपा हाईट, ललितपुरमा गर्ने भनिएको सञ्जालिकृत  अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन विषयमा २ दिने साकोस शिखर गोष्ठी,२०८२’ को सम्पुर्ण तयारी पुरा गरेको छ । 

शिखर गोष्ठि २०२५ को कार्यपत्र प्रस्तुतीकरणका लागि विषय विज्ञहरुको छनौंट देखी लिएर सहभागीहरुको व्यवस्थापन र कार्यक्रम संचालनका क्रममा जिम्मेवारी बाडफाड गरी पौष ३ गते विहान ठिक ८ वजेबाट कार्यक्रमको समुद्धघाटन हुने कुरा नेफ्स्कूनले जनाएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कून विगत ३८ वर्ष देखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल रहेको बचत तथा ऋण सहकारी संघ सस्थाहरूको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय निकाय हो । नेपालमा ७७ जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने ४००० भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू, ५५ वटा जिल्ला बचत तथा ऋण सहकारी संघहरू र ४ वटा प्रादेशिक करिब ५९ लाख व्यक्तिगत सदस्यहरू रहेको यस केन्द्रीय संघ स्थापनाकाल देखि नै विभिन्न राष्ट्रिय एवम अन्तराष्ट्रिय संघ संगठनहरुको सदस्य रहेको छ । साथै यस संघले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूबाट विकसीत साकोस समाधनहरुको प्रबर्धन र कार्यान्वयन साझेदारीमा बचत तथा ऋण सहकारीको सस्थागत विकासका कार्यक्रमहरू संचालन गर्दै आइरहेकोछ । 

बचत तथा ऋण सहकारीहरुको विषयगत केन्द्रीय संघ भएका कारण बचत तथा ऋण सहकारी अभियानको पक्षमा वकालत गर्ने, सस्थागत विकास गर्ने, वित्तीय सहजिकरण गर्ने, प्रविधि निर्माण एवम् विस्तार गर्ने, तालिम शिक्षाहरु उपलब्ध गराउने र सहकारीहरुको अन्तराष्ट्रिय अभ्यास मार्फत सुशासन प्रवर्धन गर्ने रणनीतिक मार्गदिशा सहित क्रियाशिल यस संघले अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर पारेर सल्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन विषयमा २ दिने शिखर गोष्ठीको २०८२ को आयोजना गर्न लागेको हो । 

कार्यक्रमको सम्पुण तयारी पुरा भइसकेको बारेमा बोल्दै नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा। शिबजी सापकोटाले सहकारी क्षेत्रको आर्थिक सबलीकरण, उत्तरदायित्व र संस्थागत सुदृढीकरण, मूल्यांकन तथा जोखिम व्यवस्थापन प्रावधानले सहकारीहरूको पारदर्शिता, जिम्मेवारी र बचतकर्ताहरुको बचत सुरक्षालाई नयाँ दिशा निर्देशन दिएको परिप्रेक्ष्यमा, नेपालमा साकोस अभियानलाई दिगो र नियमन–अनुकूल बनाउनका लागि गोष्ठीले महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउनु भएको छ । 

कार्यक्रममा नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधि, सहकारी तथा आर्थिक पत्रकारहरु सहकारी विभाग,राष्ट्रिय सहकारी नियमन प्राधिकरण,राष्ट्रिय सहकारी बैंक,राष्ट्रिय सहकारी महासंघ,सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा देशभरीबाट  ७०० जना प्रतिनिधीहरुको सहभागीता हुने कुरा नेफ्स्कूनले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप