नेफ्स्कूनद्वारा नेपालगञ्ज स्थित होलिका साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा नेपालगञ्ज स्थित होलिका साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

बाँके । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन,जोखिम न्यूनीकरण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत नेपालगञ्ज–४, न्युरोडस्थित होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मङ्सिर २९ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सुपरिवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको पालना अवस्था, पूँजी संरचना, ऋण तथा बचत व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली, सम्पत्ति शुद्धिकरण निवारण AML/CFT) सम्बन्धी नीति तथा भाखा नाघेका ऋण असुली प्रक्रिया लगायतका पक्षहरू गहन रूपमा मूल्यांकन गरिएको थियो। त्यसैगरी सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अपनाइएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान  सूचकहरूमा आधारित विश्लेषणमार्फत सहकारीको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण र आन्तरिक सुधारका लागि व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र अनुगमन सहजकर्ता प्रकाश लुहारले निरीक्षण कार्य सम्पन्न गर्नुभएको हो। संस्थाका तर्फबाट संचालक समिति पदाधिकारी, सदस्य एबं उच्च ब्यबस्थापनको सहभागिता रहेको थियो।  निरीक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई संस्थागत सुधारका लागि कार्यान्वयनमा लैजाने प्रतिबद्धता होलिका साकोसले जनाएको छ।
 

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप