रामकोट साकोसको १६औँ स्थापना दिवसमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न.... 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामकोट साकोसको १६औँ स्थापना दिवसमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न.... 

धादिङ । निलकण्ठ नगरपालिका,८ धादिङमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र साघुँटार टोल विकास संस्थाको समन्वयमा वृहत खुल्ला रक्तदान कार्यक्रम कार्तिक १० गते सम्पन्न भएको छ ।

रगत दिनु भनेको जीवन दिनु हो । सहकारी संस्थाले रक्तदानजस्ता जीवनदायी कार्यहरूमा अग्रसर हुँदा समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । सामाजिक एकता, सद्भाव र मानवताको सन्देश झनै प्रगाढ बनाउँछ । रगत जीवन जीउनका लागि अत्यन्त महत्वपूर्ण चिज हो ।  कुनै पनि गम्भीर चोटपटक, शल्यक्रिया, दुर्घटना, डायलाइसिस, प्रसूति, वा अन्य रोगहरूको उपचारमा रगतको आवश्यकता पर्छ । यस्तो अवस्थामा समयमै रगत नपाउँदा अनगिन्ती व्यक्तिको ज्यान जान सक्छ । यस्ता संकटपूर्ण घडीमा सहकारीले रक्तदान कार्यक्रम गरि रगत जम्मा गर्न सके त्यो रगतले कसैको जीवन बचाएर अमूल्य सहयोग गर्न सक्छ । त्यसैले रक्तदान कार्यक्रम उत्कृष्ठ र मानवियताका हिसाबले  जीवन दान हो । सहकारीले बचत तथा ऋणको कारोबार मात्र होइन सामाजिक उत्तरदायित्व अन्तरगत यस्ता कार्यहरू गर्दछ भन्ने उदाहरण पनि हो  । 

आयोजक संस्थाका अनुसार अहिलेको चुनौतीपूर्ण परिस्थिति र व्यस्त जीवनशैलीका बाबजुद पनि यति ठूलो संख्यामा स्वयंसेवी रक्तदाताको सहभागिता हुनु उत्साहजनक र प्रेरणादायी उपलब्धि हो । संस्थाले रक्तदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै “रक्तदानजस्तो महादान र जीवदानजस्तो पवित्र कार्य”मा सहभागी सबैलाई सम्मान व्यक्त गरेको थियो । कार्यक्रमलाई सफल बनाउन सक्रिय सहयोग प्रदान गर्ने साँघुटार टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारीहरू, संस्थापक सदस्यहरू, धादिङ बचत तथा ऋण सहकारी संघ लि.का सचिवज्यू, नीलकण्ठ नगरपालिकाका प्रमुख तथा संस्थाका प्रमुख सल्लाहकार, नगर प्रहरी, वडा नं. ८ का वडा अध्यक्ष र सदस्यज्यूहरू, साथै विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू प्रती संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

कार्यक्रममा कुल ११५ जना रक्तदाताले रक्तदान गरेका थिए, जसमा २५ जना महिला र ९० जना पुरुषको सहभागीता रहेको थियो । रामकोट साकोसले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस किसिमका मानवीय र सामुदायिक हितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप