दोलखामा पुँजी पर्याप्तता सम्बन्धी सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दोलखामा पुँजी पर्याप्तता सम्बन्धी सहकारी अभिमुखिकरण कार्यक्रम सम्पन्न 

दोलखा । दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा एक दिने राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्धारा जारी निर्देशन तथा सहकारीमा पुँजी पर्याप्तता सम्बन्धी अभिमुखिकरण कार्यक्रम मर्यादित सहकारी सम्मुनत समाज भन्ने मुल नाराका साथ चरिकोट दोलखामा भाद्र ८ गते सम्पन्न भएको छ । 

दोलखा जिल्ला बचत संघका अध्यक्ष भुमिराज खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष तथा नेफ्स्कूनका पुर्व सञ्चालक जिवशराज खड्काले व्यानर पढेर गर्नुभएको थियो । 

दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद ज्ञवाली, जिल्ला बचत संघका उपाध्यक्ष जगत प्रसाद सुवेदी, कोषाध्यक्ष परशुराम कार्की, सदस्य मेघराज के.सि., व्यवस्थापक राजकुमार शिवभक्तिको उपस्थिति रहेको कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहजीकरण गर्दै सहकारी संस्थाहरुमा नियामक निकायले हालसम्म जारि गरेका निर्देशनहरू र त्यसको कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी दिनुभएको थियो । 

ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले २०८२ सालमा जारी गरेको निर्देशनअनुसार बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात निर्धारण गरी त्यसको गणना गर्नु आवश्यक रहेको र पुँजी पर्याप्तता किन आवश्यक छ, त्यसको गणनाको विधि, कार्यान्वयनको समयसीमा तथा प्राविधिक पक्षहरूबारे पनि जानकारी प्रस्तुत गर्नुभएको थियो। 

कब्र्समा आबद्ध सहकारी संस्थाका प्रतिनिधिहरू, जिल्ला सहकारी संघका प्रतिनिधि लगायत सहकारीका अभियन्ताहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन दोलखा जिल्ला बचत संघ लिमिटेडका महासचिव तेन्जिङ शेर्पाले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप